यी हुन् पानी परियोजनाले हासिल गरेको सफलता

काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले तल्लो कर्णाली, रारा कर्णाली, मध्य सेती र झिम्रुख जलाधार क्षेत्रमा सञ्चालन गरेको पानी परियोजनाले दिगो तथा एकीकृत जलाधार व्यवस्थापनमा जनचेतना तथा क्षमता अभिवृद्धि, जलीय जैविक विविधताको संरक्षण र संवद्र्धनमा योगदान पुर्याएको जनाएको छ । वास मिडिया फोरम सम्बद्ध पत्रकारहरुसँगको भेटमा महासंघले १९० जना नागरिक वैज्ञानिक तयार गरी साबिकका ६७ वटा गाउँ विकास समितिको सामाजिक तथा जैविक तथ्यांक संकलन गरी जलाधारको प्रोफाइल तयार गर्न सहयोग पु-याएको जनाएको हो ।

परियोजनाले जलाधार संरक्षणका १५ जना अग्रज छनौट गरेको, नागरिक समाजका लागि गाईड बुक तयार गर्न खानेपानी तथा सरसफाइ अधिकार र जिम्मेवारी बारे एक अध्याय मस्यौदा समेत तयार पारेको रियोजनाले जनाएको छ ।

परियोजनाले स्वच्छ पानी अनुगमनका लागि तल्लो कर्णाली र झिम्रुक जलाधार क्षेत्रहरुम समिति समेत बनाएको छ । समुदायको सहभागिताबाट एकीकृत जलाधार व्यवस्थापनमा गरेको सहयोगले पानी, वन, भूमि र जैविक विविधताको संरक्षण र व्यवस्थापनमा सहयोग पुगी समुदायको जीविकोपार्जनमा समेत टेवा पुगेको महासंघको दाबी छ ।

महासंघले USAID/Paani परियोजना सँगको सहयोग र सहकार्यमा सन् २०१७ को मार्च देखि तल्लो कर्णाली र रारा कर्णली, मध्य सेती र झिम्रुख गरी तीन वटा रिभर वेसिनको ४ वटा जलाधार क्षेत्रमा पानी परियोजना सञ्चालन गर्दै आईरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार