बझाङको सूर्मा गाउँपालिकाका चर्पी प्रयोगविहीन

बझाङ १० चैत्र । बझाङको सुर्मा गाउँपालिका २ मा बनेका चर्पी प्रयोगविहीन हुन थालेका छन् । सुर्मालाई खुल्ला दिसामुक्त बनाउन हतार हतार बनाइएका चर्पीलाई पछि सुधार नगर्दा जीर्ण भएका र पानीको अभावमा प्रयोगविहीन भएका दौलीचौरका ६५ बर्षीया धन बहादुर बोहराले बताउनुभयो ।

गाउँमा चर्पी बनाए पानी ल्याईदिने भनेपनि अहिलेसम्म पानीको बन्दोबस्न नमिलाएको गाउँलेको गुनासो छ । ‘खानेपानी पिठ्यूमा बोकेर ल्याउनुपर्छ, बोकेर ल्याएको पानीले सरसफाइ कसरी गर्ने ? चर्पीको प्रयोग कसरी गर्ने ? सूर्माकी जयकला बोहराले बताउनुभयो ।

त्यत्तिबेलाको दिन सम्झिदै जयकलाले भन्नुभयो ‘खानेपानीका कर्मचारीले नै खानेपानी बनाइ दिने भनेपछि विश्वास लाग्यो र सबैले सकी नसकी घर घरमा चर्पी पनि बनायौं, जब गाउँ खुला दिसामुक्त भयो अनि गाउँमा न खानेपानी बनाइदिने भन्ने कर्मचारी पुगे न राजनीतिक दलका प्रतिनिधि ।

‘चर्पी बनाएर के गर्नु खाली नामका मात्र छन् । गाउँका सबैले प्रयोग गर्दैनन् खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएपनि चर्पी हुनु र नहुनुमा कुनै फरक छैन, सुर्माकी लक्ष्मी बोहोराले भन्नुभयो ‘हामी महिला पुरुष बालबालिका कसैले पनि चर्पी प्रयोग गर्दैनौं, जंगल गएका बेला पुरानै ठाउँमा दिसापिसाब गर्छौ ।’

सूर्मामा पानीको हाहाकार

गाउँमा आएका पाहुनालाई खान बस्न भन्दा पनि खानेपानी दिन लोभ लाग्ने सूर्माबासी बताउँछन् । खानेपानी भएको नाउलामा पुग्न एक घण्टा जान र एक घण्टा आउन मात्र लाग्ने र पानी भर्न पनि समय लाग्ने भएकाले पानीकै बढी लोभ लाग्ने कुवर बोहराले बताउनुभयो । ‘टाढाबाट बोकेर ल्याएको पानी दिन निक्कै गाह्रो लाग्छ ।’

खानेपानी टाढा हुँदा सूर्माका एकल महिला र वृद्धवद्धालाई बढी समस्या रहेको उहाँले बताउनुभयो । ‘खानेपानी टाढा हँुदा पानी ल्याउने मान्छेको अभावमा एकल महिला र बृद्धबृद्धा भात बाहेकका खाना खाएर दिन कटाउँछन्’ कुवर बोहोराले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार