काठमाडौं : खानेपानी मन्त्रालयले पानी बोक्ने ट्यांकरको अनुगमन र देशभर ढलको व्यवस्थापन गर्न निर्देशिका मस्यौदा समिति बनाएको छ । सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा खानेपानीमन्त्री बिना मगरको अध्यक्षतामा बसेको साप्ताहिक समीक्षा बैठकले देशभर ढलको व्यवस्थापन तथा अनुगमन गर्न र ढलको प्रारम्भिक प्रशोधन गरेर मात्र निष्काशन गर्ने व्यवस्था मिलाउन मस्यौदा समिति बनाएको हो ।
मन्त्रालयले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणाको संयोजकत्वमा पानीको स्रोत तथा ट्यांकर व्यवस्थापन निर्देशिका मस्यौदा समिति र मन्त्रालयका सहसचिव अनिलभद्र खनालको संयोजकत्वमा फोहोर पानी निष्काशन निर्देशिका मस्यौदा समिति गठन गरेको छ ।
बैठकमा मन्त्री मगरले तीव्र गतिमा काम अघि बढाउन सम्बन्धित विभागीय प्रमुखलाई निर्देशन दिनुुभयो। खानेपानीमन्त्री समक्ष मन्त्रालय मातहतका विभागीय प्रमुखले साप्ताहिक प्रतिवेदन पेश गरेका थिए।


1568 पटक हेरिएको 

