काठमाडौमा वाटर एटिएम सञ्चालन हुने

काठमाडौ : काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलो पटक काठमाडौँमा ‘वाटर एटिएम’ सञ्चालन गर्ने तयारी गरेको छ । आगामी बिहीबारदेखि ललितपुरको सैंबुस्थित बोर्डको परिसरमा ‘वाटर एटिएम’को नमूना प्रदर्शन गरिने बोर्डका कार्यकारी निर्देशक डा .संजीव विक्रम राणाले जानकारी दिनुभयो ।

उक्त एटिएमबाट निश्चित रकम भुक्तानी गरेपछि स्वच्छ पानी पिउन पाइने छ । यस्तो एटिएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौँ उपत्यकाभित्र विस्तार गर्दै लैजाने योजना रहेको बोर्डका कार्यकारी निर्देशक राणाले बताउनुभयो ।

बोर्डबाट गठन भएको कार्यदलले गरेको अनुगमनबाट हालसम्म १८ ट्याङ्करलाई स्टीकर प्रदान गरिएको र मापदण्ड विपरीत सञ्चालन भएका ट्याङ्करलाई ३६ हजार जरिवाना गरिएको बैठकमा जानकारी गराइएको थियो ।

बैठकमा मन्त्रालयले दुई साताअघि गठन गरेको पानीको स्रोत संरक्षण तथा ट्याङ्कर व्यवस्थापन निर्देशिका मस्यौदा समिति र फोहोर पानी निष्काशन मस्यौदा समितिले देशैभर ढल तथा फोहोर पानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा खानेपानीमन्त्री मगरले देशभरका स्थानीय तह तथा जनताबाट सङ्कलित योजनालाई कार्यान्वयन गर्ने उद्देश्यले योजना बैंक बनाउन लागिएको जानकारी दिनुभयो ।

देशैभरबाट सङ्कलित योजनालाई योजना बैंक मार्फत अघि बढाउने मन्त्रालयको तयारी छ, उहाँले भन्नुभयो, “मुलुकभर रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत पूर्णसरसफाइको अभियानलाई अघि बढाइनेछ ।”


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार