
रसुवा : रसुवाको कालिका गाउँपालिका–२ कालिकास्थानमा अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटीले तीन कोठे शौचालय निर्माण गरेको हो । १९ लाख ७२ हजार ३९ रुपयाँको लागतमा शौचालय निर्माण गरिएको शाखाले जनाएको छ ।
गाउँपालिकामा जाने तथा बजार क्षेत्रमा आवातजावत गर्ने यात्रु तथा अन्य नागरिकको सहजताको लागि सार्वजनिक शौचालय निर्माण गरिएको शाखाका सभापति बाबुलाल तामाङले बताउनुभयो ।
२०७४ फागुनबाट निर्माण शुरु गरिएको शौचालय बुधबार हस्तान्तरण गरिएको छ । सभापति तामाङले गाउँपालिकाकी अध्यक्ष सीता पौडेलले वडाध्यक्ष बिक्रम लोप्चनलाई हस्तान्तरण गर्नुभएको हो ।

नव निर्मित शौचालयको संरक्षण र सरसफाइका लागि गाउँपालिकाले शौचालयमाथि ट्रष्ट निर्माण गरेर सैलुन सञ्चालनका लागि भाडामा लगाउने तयारी गरेको छ । सैलुन सञ्चालन गर्नेले भाडा तिर्नु नपर्ने तर शौचालयको सरसफाइ गर्नुपर्ने गाउँपालिकाकी अध्यक्ष पौडेलले बताउनुभयो ।



1445 पटक हेरिएको 

