जैविक ऊर्जा रणनीति : पाँच बर्ष भित्र घरभित्रको धुँवामुक्त नेपाल

काठमाडौं:  सरकारले अबको पाँच बर्ष (सन् २०२२) सम्ममा घरभित्रको धुँवामुक्त नेपाल बनाउने लक्ष्य राखेको छ । सरकारले तयार पारेको जैविक ऊर्जा रणनीतिमा सन् २०२२ सम्ममा सबै घरमा जैविक ऊर्जाको स्वच्छ खाना पकाउने प्रविधि प्रवद्र्धन गरी घरभित्रको धुँवामुक्त नेपाल बनाउने उल्लेख छ ।

सन् २०३० सम्ममा ठोस जैविक इन्धन प्रयोग गर्ने, सम्पूर्ण घरमा आधुनिक स्वच्छ ऊर्जाको सुनिश्चितता गर्ने सरकारको रणनीति छ । अहिलेसम्म ३० लाख सुधारिएको चुलो र ६ लाख घरमा पशुजन्य मलमूत्र प्रयोग गरी वायोग्यास प्लान्ट जडान भइसकेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकालले बताउनुभयो ।
जनसंख्या तथा वातावरण मन्त्रालयको संयोजकत्वमा तयार पारेको जैविक ऊर्जा रणनीति २०७३ मन्त्रिपरिषदले स्वीकृत गरिसकेको छ । ऊर्जाको बढ्दो मागलाई सम्बोधन गर्न, जैविक ऊर्जालाई दिगो ऊर्जाको रूपमा विकास गर्ने उद्देश्यले जैविक ऊर्जा रणनीति तयार पारेको हो । सरकारले जैविक फोहोरलाई उपयोग गरी दिगो ऊर्जा उत्पादन वृद्धि गर्ने, जैविक ऊर्जाको माध्यमबाट सम्पूर्ण घरमा स्वच्छ खाना पकाउने प्रविधिको पहुँच पु¥याउने, ऊर्जाको उत्पादन र प्रयोगमा प्रभावकारिता तथा दक्षता अभिवृद्धि गर्ने कामलाई प्रमुख रणनीतिको रुपमा लिएको छ ।
नेपालमा गरिएको एक अध्ययनले घरभित्रको वायु प्रदुषणले गर्दा लाग्ने विभिन्न रोगका कारण वार्षिक करिब ७ हजार ५ सय व्यक्तिको ज्यान जाने गरेको देखाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार