यी हुन्, सरकारले स्थानीय तहलाई बुझाएका खानेपानी र सरसफाइ सम्बन्धी आयोजना

काठमाडौं १६ जेठ । सरकारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट सञ्चालन भइरहेका खानेपानी तथा सरसफाइसँग सम्बन्धित कार्यक्रम तथा आयोजना पनि स्थानीय तहमा हस्तान्तरण गरेको छ ।

आर्थिक बर्ष २०७४/०७५ को बजेट मार्फत सरकारले नगरक्षेत्र पूर्वाधार विकास कार्यक्रम, स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम सँगै फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र, ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम र वातावरणमैत्री स्थानीय शासन कार्यक्रमलाई पनि स्थानीय तहमा हस्तान्तरण गरेको हो ।


यस्तै खानेपानी सेवा नियमन तथा पुनस्र्थापना कार्यक्रम, खानेपानी तथा गुणस्तर सुधार कार्यक्रम, उच्च, मध्यम स्तरीय र ठूला खानेपानी आयोजनाका कार्यक्रमहरु तथा जलवायु परिवर्तन प्रभाव न्यूनीकरण र उपयुक्त प्रविधि प्रबद्र्धन कार्यक्रमका अधिकांश कार्य स्थानीय तहबाट कार्यान्वयन हुने गरी हस्तान्तरण गरिएको सरकारले जनाएको छ ।

स्थानीय तहमा हस्तान्तरित कार्यक्रमहरु अब स्थानीय सरकारले स्रोत जुटाई आफैले कार्यान्वयन गर्नुपर्नेछ । तर संघीय तथा प्रादेशिक सरकारले ती कार्यक्रमहरुका लागि आवश्यक बजेट भने दिनसक्नेछ ।

सरकारले मेलम्ची खानेपानी आयोजना बाहेक आर्थिक बर्ष २०७४/०७५ का लागि खानेपानी र सरसफाइको क्षेत्रमा २२ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार