नगरकोटमा सरसफाइ सम्बन्धी तीन दिने तालिम हुदै

काठमाडौ २५ जेठ । राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रले आज (विहीबार) देखि तीन दिन सम्म पूर्ण सरसफाइ सम्बन्धी तालिम प्रदान गर्दैछ । प्रशिक्षण केन्द्रको भवन नगरकोटमा हुने तालिममा मध्यमान्चलको ८ जिल्लाका समन्वय समितिका पदाधिकारी, कर्मचारी, जनप्रतिनिधि, सरसफाइ उपभोक्ता र सञ्चारकर्मी गरी ४० जनाको सहभागिता रहने खानेपानी तथा ढलनिकास विभागका समाजशास्त्री तथा सामुदायिक परिचालन शाखा प्रमुख कमल अधिकारीले जानकारी दिनुभयो ।

२७ गतेसम्म सञ्चालन हुने तालिम खुला दिसामुक्त क्षेत्र घोषणा गरेपछि पूर्ण सरसफाइको चरणमा प्रवेश गर्ने चरण, पूर्ण सरसफाइका लागि आवश्यक सूचकहरु र उपभोक्ता एवं समुदाय परिचालकहरुको भूमिकाका  विषयमा केन्द्रित रहने प्रमुख अधिकारीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार