रेडक्रसद्वारा २५ विद्यालयलाई २ सय ३६ वटा फिल्टर बितरण

डोटी १ असार । नेपाल रेडक्रस सोेसाईटी जिल्ला शाखा डोटीले पानी शुद्धीकरणका लागि डोटीका २५ विद्यालयलाई फिल्टर फिल्टर वितरण गरेको छ ।

३० जना विद्यार्थी बराबर एउटा फिल्टर पुग्ने गरी फिल्टर उपलब्ध गराईएको जिल्ला खानेपानी तथा सरसफाइ अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

युनिसेफ नेपालको सहयोगमा सञ्चालित बिद्यालय स्वच्छता प्रबद्र्धन कार्यक्रम अन्तर्गत परियोजना क्षेत्रका २५ विद्यालयका लागि २ सय ३६ वटा फिल्टर वितरण गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

डोटीको दुर्गामाण्डौं, पोखरी, गाजरी, काडामाण्डौं, गैरागाउँ, बगलेक, पचनाली तथा दिपायल सिलगढी नगरपालिकामा बिद्यालय स्वच्छता प्रबद्र्धन कार्यक्रम सञ्चालित छ ।

वर्षात तथा गर्मीको समयमा पानीजन्य रोगको संक्रमण हुन सक्ने भएकाले पानीलाई फिल्टर गरी शुद्धीकरण गर्न फिल्टर उपलब्ध गराइएको श्रेष्ठले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार