यसरी आयो, सुख्खा डाँडामा खानेपानी, पानी पाएपछि गाउँमा खुसियाली

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका–५ रानीपोखरीमा डिप बोरिङ गरेर जमिनमुनिको पानी निकालेपछि गाउँमा खुसियाली छाएको छ । पानीको अभावले पिरोलिरहेका गाउँलेले सुख्खा डाँडामा जमिनमुनिको पानी आएको देखेपछि हर्षले गदगद भएको खरी गाविसका पूर्व अध्यक्ष रामहरि पोखरेलले बताउनुभयो ।

सुख्खा डाँडामा डिप बोरिङ गरी २ सय ५ मिटर गहिराइको पानी निकालेको पोखरेलले बताउनुभयो । १२० मिटरको गहिराईमा पानीको सतह भेटिएपनि दीर्घकालीन प्रयोजनका लागि २ सय ५ मिटर गहिराइबाट पानी निकालिएको डिटिएच रक डिलिङ कम्पनीले जनाएको छ ।

अहिले साढे ३ इन्च मोटो पाइपबाट पानी निकालिएको छ । प्रतिघन्टा ३० हजार लिटर स्वच्छ र सुरक्षित पानी निकालिएकाले गाउँमा पानीको समस्या हल हुने खरी गाविसका पूर्व अध्यक्ष रामहरि पोखरेलले बताउनुभयो । उत्पादित पानी रानीपोखरी, धुसेनी लगायत गाउँका ५२० घर लाभन्वित भएका छन् ।

रानीपोखरीमा डिप बोरिङबाट पानी निकाल्न सफल भएपछि धादिङको धुसेनी कामीडाँडा, आम्बोट, भत्केको पौवा र अन्नपूर्ण घलेडाँडामा समेत डिप बोरिङ गर्ने योजना बनाएको छ । भूकम्पपछि पानीको हाहाकार भएकाको ती गाउँमा डिप बोरिङबाट पानी निकाल्न सके झण्डै हजार घरधुरी लाभन्वित हुनेछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार