सफा क्लवमा एकै दिन ३७ हजार रुपैयाँ जम्मा

🔗
0
Shares

कीर्तिपुर : किर्तिपुरको मंगल माध्यमिक विद्यालयमा गठन भएको सफा क्लवको कोषमा एकै दिन ३७ हजार एक सय रुपैयाँ जम्मा भएको छ । विद्यालयको पहिलो सरसफाइ सम्मेलनमा सहभागी सरसफाइ अभियन्ता, विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक र विद्यार्थीले स्वेच्छिक रुपमा क्लवको चन्दा बाकसमा रकम जम्मा गरेका हुन् ।
सफा क्लवको कोषमा यसअघि विद्यार्थीले खाजा खर्चबाट जोगाएर ७ हजार ४ सय ९२ रुपैयाँ जम्मा गरेका थिए । उक्त रकम एउटा सहकारीमा जम्मा गरिएको फोकल शिक्षक सावित्री महर्जनले जानकारी दिनुभयो ।
पुरस्कारको रकम पनि सफा क्लवमै
विद्यार्थीहरुले सरसफाइ गीत प्रतियोगितामा प्राप्त गरेको पुरस्कार समेत सफा क्लवकै कोषमा जम्मा गरेका छन् । सरसफाइ सम्मेलनको अवसरमा आयोजित सरसफाइ गीत प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्न सफल समूहले एक हजार, तथा दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने समूहले पनि १/१ हजार कोषमा जम्मा गरेका हुन् ।
कोषमा कसले कति जम्मा गरे ?
विद्यालयले अबलम्बन गरेको सात झण्डे सरसफाइ कार्यक्रमबाट प्रभावित भई सरसफाइ सम्मेलनमा सहभागी निम्न व्यक्तिले सफा क्लवमा दान गर्नुभएको छ ।
नमस्तेलाल श्रेष्ठ, सरसफाई विज्ञ — १२,०००
डा. सुदनराज पन्थी, विश्व स्वास्थ्य संगठन – ११,०००  (गीत प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो पुरस्कारका लागि ६ हजार सहित ) 
प्रदीप महर्जन, मंगल बहुमुखी क्याम्पस — ५,०००
लोकलाल महर्जन, मंगल माध्यमिक विद्यालयका प्रधानाध्यपक — ५,०००
सिद्धि ब. महर्जन –१५००
शिवशंकर महर्जन, विव्यस पूर्व अध्यक्ष — १,०००
सरसफाइ गीत प्रतियोगिताको प्रथम टोली – १,०००
द्धितिय टोली – १,०००
तृतीय टोली – १,०००
चौथो टोली – १,०००
अमर महर्जन, विव्यस अध्यक्ष — १०००
रमा पौडेल शिक्षिका — ५००
महेन्द्र ….. शिक्षक — ५००
नाम नखुलेको – ४००
लक्ष्मी महर्जन — २००
विद्यालय व्यवस्थापन समितिको तर्फबाट सरसफाइ कोषमा मासिक १ हजार रुपैयाँ जम्मा गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर महर्जनले प्रतिबद्धता जनाउनुभएको छ ।
सफाइ कोषको रकम सरसफाइ सम्बन्धी सचेतनामूलक कार्यक्रमका लागि खर्चिने
कोषमा जम्मा भएको रकमलाई सफा क्लव मार्फत परिचालन गरिने क्लवकी संयोजक श्रृष्टि तामाङले बताउनुभयो । विद्यालयमा सेनेटरी प्याडको व्यवस्थापन, महिनावारी र सरसफाइ सम्बन्धी धारणा र बानी व्यहोरामा परिवर्तन ल्याउन प्रयोग गरिने उहाँले बताउनुभयो ।

 

‘हाम्रो विद्यालयमा शौचालयको पर्याप्त व्यवस्था छैन, महिनावारी हुँदा लगाएको सेनेटरी प्याड जलाउन नमिल्ने भएपनि यहाँ जलाउने गरिएको छ । यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि हामी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्छौ’ उहाँले भन्नुभयो ।
विद्यालयमा महिलाका लागि ६ वटा शौचालय छन् ।विद्यालयमा ११७८ जना विद्यार्थी अध्ययनरत छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार