सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. १३ र १४ मा विद्यालयका बालबालिकालाई लक्षित गरी खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी प्रदर्शनी र चेतनामुलक कार्यक्रम गरिएको छ ।
सेतीदेबी माध्यमिक बिद्यालयमा विश्व खाद्य कार्यक्रमले आयोजना गरेको खाद्य तथा तथा पोषण मेलामा सुआहारा, सेबक नेपाल र जनहीत ग्रामीण सेवा समितिले छुट्टै स्टल राखेर सरसफाइ र स्वच्छता सम्बन्धी सचेतनामुक कार्यक्रम सञ्चालन गरेको हो ।
मेलामा उपस्थित ठुलो सिरुवारीका विद्यालयबाट आएका बालबालिकाका लागि सही तरिकाले हातधुने चरणहरु प्रदर्शनी गरिएको थियो । स्टलमा खानेपानी सरसफाइ र स्वच्छतामा प्रयोग हुने सामग्रीहरु राखिएका थिए ।
बालबालिकाले स्टलमा राखिएका पानी शुद्धिकरणका बिधी र घरमा हातधुने ठाउँ बनाई धुने तरिका, महिनावारी सरसफाइ ब्यबस्थापन लगायत विषयको जानकारी हासिल गरेको जनहीत ग्रामीण सेवा समितिका कार्यक्रम संयोजक प्रकाश नेपालले जानकारी दिनुभयो ।
कार्यक्रमको जिल्ला शिक्षा अधिकारी गौरी शंकर पाण्डे, चौतारा साँगाचोकगढी वडा नं. १३ का अध्यक्ष राम प्रसाद गौतम, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधी लगायतले अनुगमन गरेका थिए ।