धादिङ : दलका नेता र कार्यकर्तालाई चुनावी प्रचारप्रसार गर्न भ्याइनभ्याई छ । यही बेला दक्षिणी धादिङको गजुरी–६ स्यामै डाँडाका चेपाङ समुदाय भने खानेपानी समस्याको समाधान गर्न दिनरात खटिरहेका छन् ।
६१ घरको चेपाङ बस्तीमा खानेपानी पु-याउन सत्य साई सेवा सङ्गठन नेपालले सामुदायिक खानेपानीको शुरुवात गरेको हो । खानेपानी योजनाको हालै शिलान्यास गरिएको छ ।
चेपाङ समुदायमा खानेपानीको समस्या भएको खबर थाहा पाएपछि खानेपानी योजनाका लागि सहयोग गरिएको सत्य साई सेवा सङ्गठन नेपालका अध्यक्ष अमरबहादुर कार्कीले जानकारी दिनुभयो ।


703 पटक हेरिएको 

