काठमाडौ : आज विश्व चर्पी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । आज विहानै विभिन्न संघसंस्थाले काठमाडौंको भृकुटीमण्डपबाट बसन्तपुरसम्म प्रभातफेरी तथा -याली निकालिएको छ भने रत्नपार्कमा बायोग्याँस जडान सहितको सार्वजनिक शौचालयको शिलान्यास गरिएको छ ।

शौचालयको काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्याले शिलान्यास गर्नुभयो ।

सरसफाइको अभावमा नेपालमा वर्षेनी ५ बर्ष मुनिका १० हजार पाँच सय बालबालिकाको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार अहिलेसम्म ४२ जिल्ला खुला दिसामुक्त भएका छन् । सन् २०१७ भित्र सबै नेपालीको घरमा सरसफाइ सुविधा पु¥याउने सरकारको लक्ष्य भएपनि यो लक्ष्य पूरा नहुने भएको छ ।





938 पटक हेरिएको 

