काठमाडौं : भारतमा ७० करोड भन्दा बढी मानिसले खुला ठाउँमा दिसापिसाब गर्ने गरेको एक अध्ययनले देखाएको छ । वाटर एडले गरेको शौचालयको अवस्था सम्बन्धी अध्ययन ‘स्टेट अफ द वल्र्डस ट्वाइलेटस’ का अनुसार ७० करोड भन्दा बढी मानिसले अझै पनि खुला ठाउँमा दिसापिसाब गर्ने गरेको औल्याएको हो ।
विश्व शौचालय दिवसका अवसरमा सार्वजनिक गरिएको प्रतिवेदनले भारतमा गरिबी, असुरक्षा, खुला ठाउँमा दिसापिसाब गर्ने संस्कार र सचेतनाको अभावले खुल्ला ठाउँमा शौच गर्नेको संख्या अधिक रहेको जनाएको छ ।
भारत भन्दा छिमेकी देश बंगलादेशले भने खुला ठाउँमा दिसापिसाब गर्ने प्रवृत्ति लगभग अन्त्य गरेको जनाएको छ ।
नेपालमा करिब ९५ प्रतिशत जनसंख्याले शौचालय प्रयोग गर्ने गरेको र आधिकारिक तथ्यांक भने ९३ प्रतिशतमा सरसफाइ सुविधा पुगेको खानेपानी तथा ढल निकास विभागले जनाएको छ ।
एजेन्सीको सहयोगमा ।


786 पटक हेरिएको 

