चित्रकला प्रतियोगिताको उपाधि रोहित कुमार जयसवाललाई

काठमाडौ : विश्व शौचालय दिवसको अवसरमा आयोजित चित्रकला प्रतियोगिताको उपाधि नेपाल आदर्श स्कुलका रोहित कुमार जयसवालले जित्नुभएको छ ।

युनिसेफ नेपाल र एन्फोको सहयोगमा पश्चिम पाइलाले आयोजना गरेको काठमाडौ उपत्यकाभित्रका अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा ब्लू बर्ड स्कुलमा कक्षा १० मा अध्ययनरत रोहन श्रेष्ठ द्धितिय तथा श्रमिक शान्ति स्कुलमा अध्ययनरत कक्षा ९ का विद्यार्थी सुजन लामा तृतीय र श्री गणेश माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत जस्मिन खोनिवा चौथो भएको पश्चिम पाइलाकी संयोजक अनिता भुजुले जानकारी दिनुभयो ।

‘सुरक्षित पानी, सरसफाइ र स्वच्छता’ मा आधारित चित्रकला प्रतियोगितामा काठमाडौ उपत्यकाभित्रका ४० वटा विद्यालयका ७१ जना प्रतिस्पर्धीले भाग लिएका थिए ।

दिवसको अवसरमा नमुना शौचालयको प्रदर्शनी समेत गरिएको थियो । विश्व चर्पी दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी तथा अभिभावकको समेत सहभागिता थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार