चेपाङ बालबालिकालाई सरसफाइ शिक्षा

चितवन : चितवनको पिठुवा स्थित बिन्ध्येश्वरी आधारभूत बिद्यालयमा अध्ययनरत चेपाङ्ग बालबालिकालाई सरसफाइ शिक्षा दिइएको छ । चर्पी प्रयोग गर्ने तरिका, यसको महत्व, साबुन पानीले हात धुने तरिका लगायतका विषयमा जानकारी गराउनका साथै सरसफाइ बिषयक चित्रकला प्रतियोगिता समेत गरिएको छ ।

सरसफाइको ज्ञान विद्यालय हुँदै बालबालिका मार्फत घरघरमा पु-याउन र पूर्ण सरसफाइका लागि चर्पीको महत्व दिन बालबालिकालाई सरसफाइ शिक्षा दिइएको विद्यालयका प्रधानाध्यापक भिम प्रसाद खनालले जानकारी दिनुभयो ।

सरसफाइ बिषयक चित्रकला प्रतियोगितामा पुरस्कृत बिद्यार्थीलाई पुरस्कार तथा कार्यक्रम सञ्चालनका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग सामाजिक गैह्र सरकारी संस्था सिप्रदीयन सहायता संस्थाले जुटाइदिएको प्रधानाध्यापक खनालले जानकारी दिनुभयो ।

सिप्रदीयन सहायता संस्थाले विगत पाँच बर्षदेखि चेपाङ जातिका ३४ जना विद्यार्थीलाई पूर्ण आवासीय व्यवस्था सहित अध्ययनका लागि आर्थिक सहयोग गरिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार