दृष्टिविहीनका लागि अब यस्तो शौचालय बनाउनुपर्ने, हेर्नुहोस् बनाउने विधि र नमुना

काठमाडौ : तपाईको घरमा कोही दृष्टिविहीन हुनुहुन्छ र उहाँले अरु सामान्य मानिसले प्रयोग गरिरहेकै शौचालय प्रयोग गरिरहनु भएको छ भने सरसफाइमा उहाँको पहुँच नहुन सक्छ । अपाङ्गता तथा शारीरिक कठिनाइ भएका व्यक्तिको सरसफाइमा पहुँच बढाउने उद्देश्यले खानेपानी तथा ढल निकास विभागले प्रकाशन गरेको हाते पुस्तिकामा दृष्टिविहीन भएका व्यक्तिका लागि उपयोगी हुने शौचालय र बनाउने तरिकाको विषयमा बर्णन गरिएको छ ।

सरकारले अपाङ्गता भएका व्यक्तिहरुका लागि संस्थागत तथा सार्वजनिक भौतिक संरचनामा सहज पहुँच पु-याउनका लागि ‘अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९’ जारी गरी कार्यान्वयन गरेपनि घरायसी क्षेत्रमा भएका सरसफाइ चुनौतीलाई सम्बोधन गर्न नसकेकाले अपाङ्गता तथा शारीरिक कठिनाइ भएका व्यक्तिहरुका लागि घरायसी चर्पीको नमुना सहितको हातेपुस्तिका प्रकाशन गरेको हो ।

दृष्टिविहीन भएका व्यक्तिका लागि यस्तो चर्पी बनाउनुपर्ने :

चर्पी सम्म पुग्ने बाटो : दृष्टिविहीन भएको व्यक्तिको सजिलोका लागि घरदेखि चर्पीसम्म पुग्ने बाटो खस्रो बालुवा विछ्याइएको हुनुपर्छ ।

डोरीको छेकबार भएको :
दृष्टिविहीन तथा शारीरिक हिसाबले हिडडुल गर्न कठिन भएका व्यक्तिलाई चर्पी सम्म पुग्न समाउँदै जानका लागि बाटोमा डोरीको छेकबार हुनुपर्दछ ।

बाँस वा काठको छेकबार भएको हिड्ने बाटो

दृष्टिविहीन तथा शारीरिक रुपमा हिडडुल गर्न कठिन भएका व्यक्तिहरुको लागि उपयुक्त हुने हिसाबले घरदेखि चर्पीसम्म पुग्ने बाटोको दायाँबायाँ वा एकातर्फी भएपनि बनाउनुपर्दछ ।

साभार : राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रद्धारा प्रकाशित हाते पुस्तिका ‘अपाङ्गता तथा शारीरिक कठिनाइ भएका व्यक्तिहरुको लागि घरायसी चर्पीका सुविधाका प्रकारहरु’ बाट ।  
चर्पी प्रयोगका लागि हुनुपर्ने सुविधाहरु सम्बन्धीको सामग्री क्रमशः प्रकाशन गर्दै जानेछौं । washkhabar.com हेर्दै गर्नुहोला ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार