खुला ठाउँमा दिसा गर्नेलाई चर्पी सफा गर्न लगाएर छाडियो

सिरहा : सिरहा नगरपालिकाको वडा नं. २ मा खुला ठाउँमा दिसा गरिरहेका चार जनालाई पक्राउ गरी सार्वजनिक शौचालय सफा गर्न लगाएर छाडिएको छ । खुला ठाउँमा दिसा गरिरहेका उनीहरुलाई वडा २ बाट पक्राउ गरी सिरहा नगरपालिकाको वडा नं. ९ गुलरिया चोकमा रहेको सार्वजनिक शौचालय सफा गर्न लगाई छाडिएको हो ।

हेर्नुहोस् यो भिडियो :

सरसफाइ सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा समेत खुला ठाउँमा दिसा गर्ने क्रम नरोकिएपछि सिरहा नगरपालिकाको कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र युम्सको संयुक्त टोलीले हरेक विहान गस्ती गर्न थालेको छ ।

विहान दिसापिसाब गर्ने समयमा गस्ती गरी खुला ठाउँमा दिसा गरिरहेको भेटिएमा पक्राउ गरी सम्झाई बुझाई गर्ने र केहीलाई रचनात्मक काम गराएर छाड्ने गरिएको छ ।
सचेतनामूलक कार्यक्रम मात्र गरेर चर्पी बन्ने र प्रयोग गर्ने अवस्था नभएपछि चर्पी बनाउन दबाब सिर्जना होस् भन्ने उद्देश्यले खुला ठाउँमा दिसा गर्नेलाई पक्राउ गर्न थालेको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार