पोखरा : पोखरा लेखनाथ महानगरपालिका १७ स्थित साङ्ग्रिला महतगौंडा मार्गअन्तर्गत विरुवा फाँटमा आज बिहान खानेपानीको एक ट्यांकर पल्टेर आगलागी हुँदा क्षतिग्रस्त भएको छ ।
खानेपानी लिएर गएको माछापुच्छ्रे बोरिङको ग १ ख २८९६ नंको ट्याङकर बाटाबाट फेवा नहरमा खसेर आगलागी भएको थियो ।
ट्याङकर सडकबाट नहरमा खस्नासाथ आगोको ज्वाला निस्केको र गाडीभित्र च्यापिएका चालक र सहचालकलाई ढोका फोरेर बाहिर निकालिएको स्थानीय बासिन्दा भगवान पोख्रेलले जानकारी दिनुभयो ।
प्रहरी, स्थानीय बासिन्दा र माछापुच्छ्रे खानेपानी बोरिङको अर्को ट्यांकरबाट पानी ल्याई आगो नियन्त्रणमा लिइएको थियो ।


1408 पटक हेरिएको 

