काठमाडौ : विश्वव्यापी रुपमा भइरहेको मौसम परिवर्तन जस्ता कारणले नेपालको हिमाल, पहाड तथा तराई र भित्री मधेसहरुमा पानीका मुहानहरु दिन प्रतिदिन सुक्ने क्रम बढिरहेको छ । यसरी भएका पानीका मुहानहरु सुक्नाले नेपालका थुप्रै गाउँ बस्तीहरुमा बसोबास गर्ने मानिसहरुको दिनचर्या कष्टप्रद हुँदै गइरहेको छ ।
यस्ता बस्तीहरुमा पानीको सम्भाव्य स्रोतहरु टाढा हुनु, भएका श्रोतहरु सुक्दै जानु तथा पम्पिङ जस्ता जटिल प्रविधि प्रयोग गर्नुपर्ने बाध्यता हुनाले बढी लागत लाग्ने हुँदा खानेपानी आयोजना निर्माण तथा सञ्चालन कठिनाइ भइरहेको छ ।
यस्ता गाउँ बस्तीहरुमा खानेपानी आपूर्ति गर्ने गराउने उद्देश्यले आर्थिक वर्ष २०६८/०६९ देखि खानेपानी तथा ढल निकास विभाग अन्तर्गत सुख्खा क्षेत्र खानेपानी आयोजना तर्जुमा गरिएको हो ।
भौगोलिक विकटता र प्राकृतिक श्रोतको अभावमा पिउने पानीको समस्या झेलिरहेका नेपाली नागरिकलाई स्वच्छ पिउने पानी तथा आधारभूत सरसफाइको सुविधा उपलब्ध गराई त्यस्ता वर्गको जीवनस्तर उकास्नु आयोजनाको मुख्य उद्देश्य हो ।

तपाईको ठाउँ सुख्खाग्रस्त क्षेत्रमा पर्छ ? अनि खानेपानी चाहिएको छ ? यसरी सम्पर्क गर्नुहोस्
खानेपानी तथा ढल निकास विभाग अन्तर्गत संचालित संस्थागत सहयोग तथा सेवा परामर्श इकाई गठन गरिएको छ ।
यो इकाईले साना सहरी खानेपानी आयोजना तथा उपभोक्ता संस्थाहरुको संस्थागत तथा अन्य शहरी संरचनागत प्रवद्र्धन गर्न, विभागको संस्थागत विकासमा सहयोग गर्न र नेपाल खानेपानी तथा सरसफाइ तालिम केन्द्रको संस्थागत विकास गर्न सहजीकरणको भूमिका निर्वाह गर्छ ।
इकाईले खानेपानी तथा ढल निकास विभाग, राष्ट्रिय खानेपानी तथा सरसफाइ तालिम केन्द्र र साना सहरी खानेपानी तथा सरसफाइ संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना बनाउन तथा कार्यान्वयन गर्न पनि सहजीकरण गरिरहेको छ ।
संस्थागत सहयोग तथा सेवा परामर्श इकाईका क्रियाकलापहरु
- विभागको व्यावसायिक योजना बनाउने,
- विभागले उपभोक्ता संस्था, निर्माण, व्यवसायीहरुसँग गर्ने नमूना सम्झौताहरु तयार गर्ने,
- सम्झौताहरुको कानूनी पक्षहरु पुनरावलोकन गर्ने,
- विभागको निर्धारित सञ्चालन प्रक्रिया, सेवा व्यवस्थापन निर्देशिकाहरु पुनरावलोकलन गरी समयसापेक्ष आवश्यक परिमार्जनहरु सिफारिस गर्ने,
- विभागबाट आयोजना सञ्चालन गरिने लगानी खाका तय गर्ने,
सञ्चालित आयोजना विद्यमान लगानी अनुपातको सान्दर्भिकता, खानेपानी आयोजनाहरुको हाल चलनचल्तीमा रहेका पानी महसुलहरुको अध्ययन गरी सुधार गर्नुपर्ने बुँदाहरु पहिचान गर्ने, - साथै लगत उठती सम्बन्धी अध्ययन अनुसन्धान र क्षेत्र पहिचान गर्ने ।
- साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको हालको व्यवस्थापन, प्राविधक पक्ष र संरचनागत पक्षको लेखाजोखा गर्ने,
- साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको व्यावसायिक योजना बनाउन सहजीकरण गर्ने तथा नमुना व्यवसायिक योजना बनाउने,
- आयोजना सञ्चालन तथा मर्मत सम्भार, विपद् व्यवस्थापन, चुहावट व्यवस्थापन, गुनासो व्यवस्थापनका लागि निर्धारित संचालन कार्यविधि बनाउने,
- खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आर्थिक व्यवस्थापन तथा लेखा परीक्षण प्रणाली विकासमा सहयोग गर्ने,
- पानी महसुलको विल तयारी तथा विल भुक्तानी प्रकृयामा सहयोग गर्ने ।
- नेपाल खानेपानी तथा सरसफाइ तालिम केन्द्रको व्यावसायिक योजना बनाउने,
- तालिम आवश्यकताको पहिचान गर्ने, स्रोत तथा स्रोत व्यक्तिको पहिचान गर्ने तथा तालिम सञ्चालनको लागि सहयोग गर्ने ।
साभार : खानेपानी तथा ढल निकास विभागको वेभसाइटबाट ।


803 पटक हेरिएको 

