मोरङ : मातृभुुुमी महिला समाज तथा सामुहिक उत्थान नेपालले खुला दिसामुक्त वडा बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद व्यक्त गरेको छ । बेलबारी नगरपालिकाको वडा नम्बर १ लाई खुला दिसामुक्त घोषणा गर्न सहयोगी भूमिका निर्वाह गरेका सबैलाई मातृभुुुमी महिला समाज तथा सामुहिक उत्थान नेपालले धन्यबाद व्यक्त गरेको हो ।
‘बेलबारी नगरपालिकाका मेयर तथा उपमेयर, वडा अध्यक्ष तथा सम्पूर्ण पदाधिकारी र टोलबासी, क्लब, स्कुल तथा सहयोगी सबै कर्मचारीलाई धन्यवाद’ मातृभुुुमी महिला समाजले भनेको छ ।
UN Habitat को GSf Program को सहयोगमा मातृभुुुमी महिला समाज तथा सामुहिक उत्थान नेपालले सञ्चालन गरेको सरसफाइ अभियानबाट बेलबारीको वडा नं. १ लाई यही पुस १६ गते खुलादिसामुक्त वडा घोषणा गरिएको हो ।


960 पटक हेरिएको 

