पाइपमा क्षति पुग्दा इलामका २८ सय धारामा खानेपानी ठप्प

इलाम : खानेपानीको पाइपमा क्षति पुगेपछि इलामका २८ सय ४२ धारामा खानेपानी ठप्प भएको छ । गिताङ्ग खानेपानी मुहान नजिकै सडक निर्माण गर्ने क्रममा ढुङ्गा लडेर पानीको पाइपमा क्षति पुगेपछि खानेपानी अवरुद्ध भएको गिताङ्ग खानेपानी आयोजनाका सव इन्जिनियर मेघनाथ ढुङ्गानाले बताउनुभयो ।

गिताङ्ग खानेपानी आयोजनाबाट इलाम नगरपालिका भित्रका करिब ३१ हजार ७२० घरले खानेपानी उपभोग गर्दै आएका छन् ।

पाइपमा निकै क्षति पुगेकाले पाइपको मर्मत गर्न केही दिन लाग्ने सव इन्जिनियर ढुङ्गानाले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार