राजविराज : सप्तरीको महदेवा गाउँपालिका २ अकवरपुरका ५८ वर्षीय सुकदेव यादवको कठ्याङ्ग्रिएर ज्यान गएको छ । आज बिहान ५ वजेको समयमा नहर किनारमा दिसा गर्न गएका यादव चिसोले कठ्याङ्ग्रिएर अचानक ढल्नुभएको थियो ।
दिसा गरिरहेकै ठाउँमा ढलेका यादवको उपचारका लागि अस्पताल लैजादै गर्दा वाटोमै ज्यान गएको महदेवा गाउँपालिका वडा नं. २ का अध्यक्ष अरुण यादबले जानकारी दिनुभयो ।
यादव सहित सप्तरीमा चिसोका कारण ६ जनाको ज्यान गएको छ । विहीवार राती राजबिराज नगरपालिका वडा नम्वर १० झल्हीका ६५ वर्र्षीया कैलीदेबी खंग र वडा नम्वर २ का ६० वर्षीय नाजो बेगमको पनि चिसोका कारण ज्यान गएको थियो ।
यसअघि छिन्नमस्ता गाउपालिका १ वरहीका ३५ वर्षीय रामदयाल राम, बिरपुरका ३६ वर्षीय कुलदिप राय र ७२ वर्षीया रजियादेवी रायको ज्यान गएको थियो ।

सरकारी विद्यालय वन्द, निजी अझै सञ्चालन
चिसोका कारण स्वास्थ्य संस्थामा विरामीको चाप वढेको छ । निरन्तरको शीतलहरले चिसिएको सप्तरीको मौसमका कारण सर्वसाधारण घरवाट कमै निस्किने गरेका छन् । तर, यस्तो अवस्थामा पनि केही निजी विद्यालयले भने यही बेला परिक्षा सञ्चालन गर्दा वालवालिका थर्थर काम्दै विद्यालय जान वाध्य छन् ।
शीतलहरसँगै वढेको अत्यधिक जाडोका कारण जिल्ला शिक्षा कार्यालय सप्तरीले जिल्लाका सवै ४१२ वटा सामुदायिक विद्यालय वन्द गराएको छ ।


704 पटक हेरिएको 

