सर्लाही : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सर्लाहीले २०७४ चैत्र मसान्तभित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको छ ।
डिवाससीसीका अध्यक्ष मेथुर चौधरीको अध्यक्षतामा विहीबार बसेको बैठकले यसअघि स्थानीय, प्रदेश तथा संघीय निर्वाचन परेको र गत साउनको बाढी तथा शीतलहरले चर्पी निर्माण तथा अभियान सञ्चालनमा वाधा व्यवधान आएकाले तोकिएकै समयमा खुला दिसामुक्त घोषणा गर्न नसकेको भन्दै नयाँ मिति तोकेको हो ।
यसअघि २०७४ साल मंसिर मसान्तभित्रै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य रहेको थियो ।
मोबाइल गस्तीलाई अझ सशक्त बनाइने
खुला दिसामुक्त अभियानलाई तीब्रता दिन गाडी सहित मोबाइल गस्ती सञ्चालन गर्ने भएको छ । यसका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आवश्यक गाडीको व्यवस्था गर्ने र गाडीमा लाग्ने इन्धन लगायतका व्यवस्थापकीय खर्चहरु सम्बन्धित संस्थाले नै व्यहोर्ने निर्णय भएको डिवाससीसीका सदस्य गजेन्द्र शाहले जानकारी दिनुभयो ।
जिल्ला स्तरीय अनुगमन
जिल्लाभर सञ्चालित अभियानको नियमित अनुगमन गर्न जिल्ला समन्वय समितिको नेतृत्वमा विभिन्न संघसंस्था सदस्य रहने गरी जिल्ला स्तरीय अनुगमन समितिको गठन गरिएको छ । अनुगमन समितिले चुस्त अनुगमन गरी आवश्यक सल्लाह, सुझाव, सहयोग तथा निर्देशन दिनेछ ।
अनुगमन व्यवस्थापनको लागि आवश्यक खाना, नास्ता तथा इन्धन आदिको जिम्मेवारी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई दिइएको डिवाससीसीका सदस्य गजेन्द्र शाहले जानकारी दिनुभयो ।
अनुगमन समिति
१. जिल्ला समन्वय समिति,
२. खानेपानी तथा सरससफाइ डिभिजन कार्यालय
३. सरसफाइ दुत
४. जेवास सिसि
५. गैरसरकारी संस्था महासंघ
६. युएन ह्यावीट्याट/ एसएनभी


608 पटक हेरिएको 

