टीकाथलीको दिसाजन्य लेदो प्रशोधन केन्द्र, यसरी गरिन्छ प्रशोधन (भिडियो)

🔗
4
Shares

ललितपुर : शौचालयको सेफ्टी ट्याङ्क दिसाजन्य लेदोले भरिएपछि त्यसलाई सफा गर्नुपर्छ वा त्यसभित्रको दिसाजन्य लेदोलाई झिकेर शौचालय प्रयोग गर्न मिल्ने बनाउनुपर्छ । शहरमा दिसाजन्य लेदो सरसफाइ गर्ने, ढल मंगल सफा गर्ने व्यवसायीहरु नै हुन्छन् । तर गाउँघरमा भने व्यवसायिक रुपमै शौचालय सफा गर्ने व्यक्ति तथा संस्था पनि हुँदैनन् ।

शहरमा पनि दिसाजन्य लेदो सेफ्टी ट्याङ्कबाट खाली गरेपनि व्यवसायीले ढल वा खोलामा विसर्जन गर्ने गरेका छन् । यसले वातावरण प्रदुषित बनाउने हँुदा प्रशोधन गरेर मात्र विसर्जन गर्नुपर्छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका, टीकाथलीमा नमुना दिसाजन्य लेदो प्रशोधन केन्द्र छ । २०७२ बैशाख १२ को भूकम्पबाट प्रभावितका लागि बनाईएको आपतकालीन तथा अस्थायी र अन्य शौचालयबाट निस्कने दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापनका लागि प्रशोधन केन्द्रको निर्माण गरिएको हो ।

महालक्ष्मी नगरपालिका, वातावरण र जनस्वास्थ्य संस्था एन्फो, शालिग्राम बालगृह, सीडिडी सोसाईटी र बोर्डाको सहकार्यमा सन्चालित दिसाजन्य लेदो प्रशोधन केन्द्रका विषयमा जानकारी गराउँदै हुनुहुन्छ वातावरण र जनस्वास्थ्य संस्था एन्फोका प्राविधिक कृपा कार्की


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार