नक्टाझिजमा पूर्ण सरसफाइ अभियान संचालन गर्न समिति गठन

🔗
4
Shares

विनोद कुमार महतो, धनुषा : धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजमा पूर्ण सरसफाइ अभियान संचालनका लागि १५ सदस्यीय वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरेको छ । वडा कार्यालयमा शुक्रवार भएको वृहत छलफल पछि वडा अध्यक्ष विहारी महतोको अध्यक्षतामा समिति गठन गरिएको हो ।

नक्टाझिजमा पूर्ण सरसफाइ अभियान सञ्चालनका लागि १ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको वडा अध्यक्ष महतोले जानकारी दिनुभयो । खुल्ला दिसामुक्त भईसकेको क्षेत्रमा दोस्रो चरणमा पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत ६ वटा चरणहरु पुरा गर्नुपर्ने हुन्छ । जसमा नियमित चर्पीको प्रयोग, महत्वपूर्ण र जोखिमपूर्ण अवस्थामा साबुन पानीले नियमित हात धुने अभ्यास, सुरक्षित खानेपानी, सुरक्षित खाना, सफा घर आँगन र वातावरणीय सरसफाइको आधारभूत प्रक्रियाहरु पुरा भएपछि मात्रै पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिन्छ । नक्टाझिजलाई २०७२ असार ३१ गते खुल्ला दिसामुक्त घोषणा गरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार