खुला ठाउँमा दिसा गर्ने जनप्रतिनिधीलाई तिराए ५ सय जरिवाना

सिरहा : सिरहाको नरहा गाउँपालिका वडा नं. ३ का सदस्य जगदेव महरालाई खुला ठाउँमा दिसा गरिरहेको अवस्थामा सरसफाइ अभियानको टोलीले पक्राउ गरी पाँच सय जरिवाना तिराएको छ । टोलीले जनप्रतिनिधि महरालाई आइन्दा खुला ठाउँमा दिसा नगर्ने र चर्पी बनाउने शर्तमा छाडिएको हो ।

 


जरिवाना तिरेपछि आइन्दा खुला ठाउँमा दिसा नगर्ने वाचा गर्दै सिरहाको नरहा गाउँपालिका वडा नं. ३ का सदस्य जगदेव महरा

सरसफाइ अभियानको टोलीले अनुगमान गर्दा नहरा गाउँपालिकाका अन्य सदस्यहरु समतोलिया मण्डल र वेचन यादवको घरमा समेत चर्पी नभएको भेटिएको छ ।

जनप्रतिनिधीले समेत अटेर गरेर चर्पी नबनाएपछि खुला दिसामुक्त अभियान चुनौतीपूर्ण बन्दै गएको छ । जनप्रतिनिधि नै चर्पी नबनएपछि सर्वसाधारणले समेत बेवास्ता गरेको अभियान टोलीका एक सदस्यले बताए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार