सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको सुरुङ खनिसक्न अब ३ सय १९ मिटर मात्र बाँकी रहेको छ । २७ किलोमिटर ५८४ मिटर सुरुङ मध्ये बुधबार सम्म २७ किलोमिटर २६५ मिटर सुरुङ खनिसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
सुरुङ निर्माणको महत्वपूर्ण काम मध्ये ग्याल्थुमदेखि सिन्धु सम्मको नौ किलोमिटर मध्ये २५० मिटर मात्र बाँकी रहेको छ । अम्वाथानदेखि ग्यालथुसम्म करिब नौ किलोमिटर र सुन्दरीजलदेखि सिन्धुसम्मको करिब नौ किलोमिटर सुरुङ यस अघि नै खनिसकेको छ ।


724 पटक हेरिएको 

