अर्घाखाँची : अर्घाखाँचीमा शौचालय तथा दिसाजन्य लेदो ब्यबस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा सन्चालित तालिमको प्रशिक्षण खानेपानी तथा ढल निकास बिभागको वातावरणीय शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठले गर्नु भएको थियो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घका अध्यक्ष राजेन्द्र अर्याल विशेष अतिथि रहेको तालिममा स्थानीय बिकास अधिकारी हरि नारायण बेल्बासे, सन्धिखर्क, भुमिकास्थान र सीतगङ्गा नगरपालिकाका मेयरहरु, कार्यकारी अधिकृतहरु तथा मालारानी, छत्रदेव र पाणिनी गाउपालिकाका अध्यक्षहहरु, उधोग बाणिज्य सङ्घका पदाधिकारी, जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका कर्मचारी लगायतको सहभागिता थियो ।
जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि पुलामीको अध्यक्षतामा तालिम सम्पन्न भएको तालिमको सहजीकरण गर्दै आएको प्रकाश सचेतन समूह (प्राग) का वास अफिसर श्यामसुन्दर ढुंगानाले जानकारी दिनु भयो ।


897 पटक हेरिएको 

