सहलगानीका तीन खानेपानी आयोजना सम्पन्न

काठमाडौ : खानेपानी तथा ढल निकास विभाग अन्तर्गत सञ्चालित सहलगानीका एकाउन्न वटा आयोजनामध्ये तीन वटा आयोजना पुरा भएको छ । १० करोड रुपैयाँ भन्दा बढी लागतमा निर्माण भएका रुपन्देही स्थित शंकरनगर खानेपानी आयोजना, आनन्द वन शंकरनगर खानेपानी आयोजना तथा चेपेखोला पालुङ्टार खानेपानी आयोजना पुरा भएको हो ।

विभागका सहसचिव एवं सहलगानी आयोजना शाखाका प्रमुख विद्यानाथ भट्टराईले ती आयोजनामा ७० प्रतिशत सरकार र ३० प्रतिशत उपभोक्ताको लगानी भएको जानकारी दिनुभयो ।

“अठ्ठाइस जिल्लामा ४८ योजना निर्माण हुने क्रममा रहेकामा २३ वटाको काम हुँदै, १० वटा शुरु हुने क्रममा रहेको र बाँकी १५ वटा अध्ययनको अन्तिमचरणमा छ,” उहाँले भन्नुभयो । ती आयोजनामध्ये ११ वटा यो वर्ष सक्ने विभागले जनाएको छ ।

आर्थिक वर्ष २०६९/७० बाट सहलगानीका खानेपानी आयोजना सञ्चालन भएकामा तीन वर्षभित्र सबै आयोजना सम्पन्न हुने गरी काम भइरहेको बताइएको छ । ती आयोजनामा उपभोक्ताले १० प्रतिशत रकम तिनुपर्ने २० प्रतिशत बराबरको जनश्रम ब्यहोर्नुपर्ने भएकाले सो आयोजना भरपर्दो हुँदै गएको विभागले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार