सिरहा प्रदेश २ को पहिलो खुला दिसामुक्त जिल्ला

सिरहा : सिरहा प्रदेश नं. २ को पहिलो खुला दिसामुक्त जिल्ला हुने भएको छ । प्रदेश नं. २ का ८ जिल्ला मध्ये सरसफाइमा सिरहा पहिलो स्थानमा छ । सिरहाका सबैजसो घरमा शौचालय निर्माण भइसकेकाले प्रदेश नंं. २ को पहिलो खुला दिसामुक्त जिल्ला बन्ने निश्चित भएको जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य देवकुमार यादवले जानकारी दिनुभयो ।

सिरहालाई अनुगमन गरी प्रमाणीकरण गर्नका लागि क्षेत्रीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति R -WASHCC लाई पत्राचार गरिसकेको उहाँले जानकारी दिनुभयो ।

चर्पी निर्माणको काम सकिनै लाग्दा विशेष अभियान टोली परिचालित

चर्पी निर्माण गर्ने क्रम सकिनै लाग्दा विशेष अभियान टोली टोल टोलमा परिचालन गरिएको छ ।
अहिले DWASH CC अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख रामचन्द्र ठाकुरको नेतृत्वमा टोली परिचालित भएको फोकल पर्सन रमेश निधिले बताउनुभयो । उहाँको टोलीले चर्पी बनाउन बाँकी गाउँपालिका तथा नगरपालिकाको घर घरमा पुगेर घरदैलो गर्दै चर्पी बनाउन नसक्नुका कारण पत्ता लगाउने काम भइरहेको फोकल पर्सन निधिले जानकारी दिनुभयो ।

नरहा गाउँपालिकामा गाउँस्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ गठन गरेर पनि अभियानलाई तीब्रता दिइएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका वास अधिकृत रीता कटुवाल सहितको सरसफाइ अभियान टोलीले वार्डमै पुगेर गाउँ स्तरीय महासंघ गठन गरेको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार