नुवाकोट : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति नुवाकोटले खुला दिसामुक्त घोषणा गर्न बाँकी रहेका गाउँपालिका र नगरपालिकाको आन्तरिक अनुगमन तथा अन्तरक्रिया गर्ने भएको छ ।
खुला दिसामुक्त घोषणाको अन्तिम तयारीमा रहेका ५ गाउँपालिका र १ नगरपालिकामा चर्पी निर्माणको अवस्था र खुला दिसामुक्त घोषणा गर्न सकिने सम्भावित समयको निधो गर्न अनुगमन तथा अन्तरक्रिया गर्न लागेको हो ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका, लिखु गाउँपालिका, ककनी गाउँपालिका, तारकेश्वर गाउँपालिका, सूर्यगढी गाउँपालिका र वेलकोटगढी नगरपालिका खुला दिसामुक्त घोषणा गर्न बाँकी छ ।
अनुगमन तथा अन्तरक्रिया कार्यक्रम :
डिवाससीसीले निम्न गाउँपालिका तथा नगरपालिकामा निम्न मितिमा अनुगमन तथा अन्तरक्रिया गर्ने भएको छ ।
२०७४ फागुन २२– पञ्चकन्या गाउँपालिका
२०७४ फागुन २३ – लिखुगाउँपालिका
२०७४ फागुन २७ – ककनी गाउँपालिका
२०७४ फागुन २८ – तारकेश्वर गाउँपालिका
२०७४ फागुन २९ – सूर्यगढी गाउँपालिका
२०७४ फागुन ३० – वेलकोटगढी नगरपालिका
अहिलेसम्म नुवाकोटका ५ गाउँपालिका (साविकका ३९ गा.वि.स.) खुला दिसामुक्त घोषणा भइसकेका छन् ।


836 पटक हेरिएको 

