काठमाडौ : सरसफाइ गुरुयोजना २०६८ ले निर्देशित गरे बमोजिम अहिले देशभर सरसफाइ अभियान चलिरहेको छ । सरसफाइ गुरुयोजना कार्यान्वयनमा आएपछि नै देशमा सरसफाइ र खुला दिसामुक्त अभियानमा सकारात्मक आँधीबेहरी आएको हो । आ आफ्नै तरिकाले काम गरिरहेका विकास साझेदारहरु, गैरसरकारी संघसंस्थाहरु, नेपाल सरकारका विभिन्न निकायहरुलाई एकै ठाउँमा ल्याएर काम गर्ने वातावरण सरसफाइ गुरुयोजनाले नै बनाएको हो ।
अहिले पनि सयौं संघसंस्था, हजारौं सरसफाइ अभियन्ता र लाखौं सरसफाइ उपभोक्ता सरसफाइ अभियानमा क्रियाशील छन् । देशका ४७ जिल्ला खुला दिसामुक्त घोषणा भएका छन् । २०६८ साल असोज १२ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले सार्वजनिक गर्नुभएको सरसफाइ गुरुयोजना २०६८ साल साउन १९ गते मन्त्रीपरिषदबाट स्वीकृत गरिएको थियो ।
सरसफाइ गुरुयोजना कसरी बनेको थियो ? धेरैको जिज्ञासा हुनसक्छ । हामीले यही प्रश्न सरसफाइ गुरुयोजना मस्यौदा टोलीका सदस्य मध्येका एक समाजशास्त्री कमल अधिकारीलाई सोधेका छौं । उहाँ खानेपानी तथा ढल निकास विभाग अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रका प्रशिक्षक एवं सामुदायिक परिचालन शाखा प्रमुख हुनुहुन्छ ।
भिडियो :
:


1190 पटक हेरिएको 

