जनप्रतिनिधिसँग वास क्षेत्रमा सुशासन सम्बन्धी अन्तरक्रिया

कैलाली : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले चुरे गाउँपालिका कैलालीका जनप्रतिनिधिसँग चुरे क्षेत्रमा खानेपानी तथा सरसफाइको अवस्था तथा सुशासन बिषयमा अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा चुरे गाउँपालिकामा सञ्चालित खानेपानी तथा सरसफाइ सम्बन्धी गतिविधि तथा कार्यक्रमहरु, खानेपानीको योजना तर्जुमा गर्दा ध्यान दिनुपर्ने पक्षहरु, योजनाको दिगोपन तथा सुचारुपन, सुशासन लगायतका विविध विषयमा छलफल गरिएको छ ।

 

 

कार्यक्रममा महासंघका वेदव्यास लामिछानेले खानेपानी तथा सरसफाइ सम्बन्धी कानूनी तथा नीतिगत व्यवस्था, पानी विवाद व्यवस्थापन, पारदर्शिता, जवाफदेहिता तथा सहभागिता सम्बनधी औजारको प्रयोग, उपभोक्ता समितिलाइ चलायमान बनाउने तरिका, मर्मत संभार कोषको प्रयोग, गाउँपालिकाको योजना अनुगमन, योजना तर्जुमा तथा योजना मर्मत सम्बन्धमा छलफल गर्नुभएको थियो ।

चुरे गाउँपालिकामा ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका विभिन्न गतिविधिहरु तथा हालसम्मको प्रगति सम्बन्धी ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका चुरे गाउँपालिकाका फिल्ड संयोजक पुर्णानन्द अवस्थीले गर्नुभएको थियो ।

चुना प्रभावित आयोजना चकालेपानीमा हावा समेत नछिर्नेगरी तयार पारिएको टंकी, बाहुनपानीको बर्षातको जल संकलन टंकी, जिविकोपार्जन कार्यक्रमको प्रगति, मन्दिरभासुमा गरिएको सार्वजनिक लेखापरिक्षण लगायतका बिषयमा पनि छलफल गरिएको थियो ।

सहभागीहरुले डाँडामा बोरिङ्ग गर्न सकिन्छ कि सकिदैन, फल्टुडे खानेपानी योजनामा मोटर आइसके पनि पाइप नआएको र खानीडाँडा आयोजनाको अव्यवस्थित पाइपलाइ कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

अन्त्यमा खानेपानी तथा सरसफाइका समस्याहरुको स्थानीय तहमा नै समस्या समाधान गर्न सकिने र खानेपानी र सरसफाइ सबैका लागि सधैका लागि उपलब्ध गराउन समन्वयात्मक रुपमा आ आप्mनो भूमिकालाइ अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालिएको थियो ।

कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष धन बहादुर रोका मगर, उपाध्यक्ष दिपादेवी साउद तथा खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख नारायण काफ्ले तथा चुरे गाउँपालिकाका वडा अध्यक्ष तथा सदस्यहरु, फल्टुडे, कुमाइना, सिडारी खानेपानी योजनाका अध्यक्षहरु लगायत ५४ जनाको सहभागिता थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार