सिरहा : सिरहा प्रदेश नंं. २ को पहिलो खुला दिसामुक्त जिल्ला भएको छ । सिरहा सदरमुकाममा आयोजित भव्य समारोहका बीच सिरहालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । सिरहाको शत प्रतिशत घरधुरी तथा संघसंस्थामा सुरक्षित शौचालयको पहुँच पुगेपछि सिरहालाई खुला दिसामुक्त घोषणा गरिएको हो ।


यस्तै खुला दिसामुक्त घोषणाको अवसरमा निर्माण गरिएको सरसफाइ स्तम्भको प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले अनावरण गर्नुभयो ।

घोषणा सभामा बोल्दै मुख्यमन्त्री राउतले सरसफाइ बिना कुनै पनि बिकासको कल्पना गर्न नसक्ने भएकाले सरसफाइ र स्वच्छतामा विशेष जोड दिनुपर्ने बताउनुभयो ।
खुला दिसामुक्त कार्यक्रमलाई सम्बोधन गर्दैै आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबले सरसफाइलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा हजारौंको सहभागिता थियो ।


756 पटक हेरिएको 

