काठमाडौ : नेपालमा चलिरहेको खुला दिसामुक्त तथा पूर्ण सरसफाइ अभियानसँग सम्बन्धित रेडियो कार्यक्रम प्रसारण हुने भएको छ । आजदेखि हरेक आइतबार बेलुकी साढे सात बजे उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जमा रेडियो कार्यक्रम सरसफाइ अभियान प्रसारण हुने भएको हो ।

रेडियो कार्यक्रम सरसफाइ अभियान खानेपानी तथा ढल निकास विभाग, वातावरणीय सरसफाइ शाखा र चोमोलोङमा मिडियाले संयुक्त रुपमा उत्पादन गरेको हो । सरसफाइ क्षेत्रका सरोकारवाला सबैको भूमिकालाई अझ फराकिलो बनाउने र सरसफाइ प्रबद्र्धनमा सघाउ पु-याउने हेतुले कार्यक्रम सरसफाइ अभियान तयार पारिएको चोमोलोङमा मिडियाका प्रबन्ध निर्देशक बुद्धबीर बाहिङले जानकारी दिनुभयो ।
कार्यक्रमले सरसफाइ अभियानको अवस्था, अभियान सञ्चालन गर्दा आइपरेका सजिला तथा अफ्ठ्यारा कुरा र सरसफाइ सम्बन्धी ऐन कानुनका विषयमा जानकारी गराई सरसफाइ प्रति सचेत रहन मद्दत पु-याउने निर्देशक बाहिङले जानकारी दिनुभयो ।
रेडियो कार्यक्रम सरसफाइ अभियान वास खबर डट कम बाट पनि सुन्न सकिने उहाँले जानकारी दिनुभयो ।


942 पटक हेरिएको 

