सप्तरी : तराईका जिल्लाहरु सरसफाइका हिसाबले अति पछाडि परेको र ती जिल्लाकै कारण देशलाई नै खुलादिसामुक्त घोषणा गर्ने कार्यक्रम समेत प्रभावित भएको बताइरहेका बेला तराईकै अर्को जिल्ला सप्तरीलाई पनि खुलादिसामुक्त घोषणा गर्ने भएको छ ।
सप्तरीलाई यही चैत २१ गते खुला दिसामुक्त घोषणा गर्ने निर्णय भैसकेको जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) का सदस्य सचिव लोकेन्द्र यादवले जानकारी दिनुभयो ।
सिरहालाई खुला दिसामुक्त घोषणा गरेको १२ दिन पछि सप्तरीलाइ खुलादिसामुक्त घोषणा गर्न लागेको हो । सिरहालाई गत ९ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।


683 पटक हेरिएको 

