ट्वाईलेट बारे सामाजिक सञ्जालमा गज्जबको बहस

  दिक्पाल गिरी  2074 पटक हेरिएको

काठमाडौ : नेपाल सरकारका पूर्व सचिव भीम प्रसाद उपाध्यायले शनिबार विहानै ट्वाईलेट बारे एउटा स्टाटस पोष्ट गर्नुभयो । विषय थियो, ट्वाईलेट चानचुने नभई जटिल विषय हो र सबैले खाना खाए पनि ट्वाईलेट गर्न चाहिं जानेका हुँदैनन् ।

‘उत्तर कोरियाका नेता किम उन सधैं आफ्नै ट्वाईलेट संगै लिएर हिड्छन् । बील गेट्स अहिले विश्वभरि नविन ट्वाईलेटको आविस्कार र विकासमा दत्तचित्त छन् । नेपाल पनि अब चाँडै सबै घरघरमा चर्पी वनाईसक्ने काममा युद्धस्तरमा लागेको छ । सबैले खाना खान्छन् तर ट्वाइलेट के हो ? कसरी भन्ने बारेमा अधिकांश मानिसलाई खासै केही जानकारी भएको हँुदैन रहेछ, तर खुबै जानेको छु भन्ने स्वाङ्ग भने गर्छन् ।’

उहाँको स्टाटसमा धेरैले टिप्पणी गर्नुभएको छ । विशेष गरी ट्वाइलेटबारे बुझाउन र प्रयोग गर्न सिकाउनु निक्कै गाह्रो भएको धेरेको अनुभव छ । यस विषयमा टिप्पणीकार राज खड्का र विनेश राय बीच त दोहोरी नै परेको छ ।

दान बहादुर श्रेष्ठ भन्नुहुन्छ ‘ट्वाईलेट अर्थात शौचालय लिएरै हिड्नु कस्तो हो कुन्नि ? स्ट्यान्डर्ड वा उग्रता देखाउन कुन्नि ? तर शौचको अर्थ सफा हुनु हो, सफा हुन जाने ठाउँ सबै प्रकारले ठिक हुनुपर्छ । आफू बस्ने घरभन्दा सफा हुन जाने ठाउँ सफा हुनुपर्दछ भन्ने बुझेको छु ।’

विश्व प्रकाश सुवेदी टिप्पणी गर्नुहुन्छ ‘ जे भए पनि मानिसका उत्सर्जनलाई मल, उर्जा, औषधि, आदिमा परिणत गर्दै, नदी, खोला, ताल पोखरी आदि पानी र पानीका स्रोत प्रदूषण नगर्ने, जमिन, माटो र वायु प्रदूषण नहुने, भूमिगत जल र अन्य स्रोत नबिगार्ने, मानिसमा रोग, दुर्गन्धादि नल्याउने उपायहरू सहितको उपाय हुनुपर्यो । हामी सम्भावनालाई अवरोध र तगारोका रूपमा लिई वाल्ल परिरहेछौँ र उप्रीमा थुप्री लाएर पीडित भइरहेछौँ !

पवन बूढाले भने ट्वाईले बनाउन लगाउनु जस्तो गाह्रो काम केही नभएको लेख्नुभएको छ । उहाँ लेख्नुहुन्छ ‘ट्वाइलेट बनाउन लगाउनु जस्तो गाह्रो केही भएको छैन, अहिले समुदायमा बुझाउन नसकेर हो कि ? समुदायले नबुझेर हो ? बुझाउन नसकेर हो भनौं भने कुनै कसरत बाँकी छैन ।’

खगेन्द्र पोखरेलको टिप्पणी छ ‘शौचालय बनाउने घाँस, पराल राख्ने चलन भारतदेखि नेपाल सम्म छ । पानीको स्रोत सुकेर पनि समस्या भएको छ ।
युवराज पुरी भन्नुहुन्छ ‘विरालोको जस्तो ज्ञान हुनुपर्यो मानवमा पनि ।’

राज खड्का र बिनेश रायबीच दोहोरी

टिप्पणीकर्ता राज खड्का र बिनेश राय बीच भएको दोहोरी पनि चाखलाग्दो छ । शुरुमा राज खड्का लेख्नुहुन्छ ‘मधेस तिर त झन् हातमा आइफोन लोटामा अलिकति पानी बोकेर अनि पल्सर बाइक चढेर खेतमा हग्न जान्छन् । ८५ प्रतिशत मधेसीहरु अझै । काठमाण्डु लगायत शहर तिरका संभ्रान्त बर्ग भनाउदा चाहिं आफु चाहिं ट्वाइलेटमा हग्छन् अनि कुकुरलाई घर अगाडि बाटोमा हगाउँदै हिड्छन । नेपालमा यो चर्पी भन्ने पाठ पढाउनलाई अझै १०० बर्ष लाग्छ । नत्र सरकारी कार्यालयमा गएर हेरे हुन्छ ।

खड्काको जवाफमा असन्तुष्टि पोख्दै रायले लेख्नुभएको छ ‘एक औला अरुलाई देखाउँदा चार औंला त आफै तिर फर्काए खड्का जी ले । पहाडी जिल्लामा ODF गर्न किन दशकौं लागे ? के त्यहाँ कसैले खुल्ला स्थानमा शौच गर्दैनथे ? आफ्नो बिचार राख्दा कुनै अरू समुदायलाई होच्याउने घोच्ने गरी तथ्यहीन कुरा राखेर आफुलाई निच र पछौटे भएको प्रमाणित नगरे राम्रो होला ।’

राज खड्का-  ‘सोच अलिकति तल्लो स्तरकै छ मधेसमा पहाडको तुलनामा । म पनि मधेसमै हुर्केको हुँ, जति शिक्षित भए पनि मधेसमा अहिले पनि रुढिबादी परम्परा नै छ । स्रोत साधन शिक्षा भएर पनि सोचाइ घटिया भए पछि कस्को के लाग्छ र ?’

विनेश राय – ‘गरीब र घटिया सोचको फरक पाउन तपाईं आफैले माथि लेखेका दुबै पोस्ट दोहोराएर पढे हुन्छ । आधारहिन बिचार लेखेकोमा पछुतो लागे फेरी एडिट गरी पोस्ट गरे हुन्छ । काँध थाप्न त सकिन्न, राम राम भनौंला ।’

राज खड्का –  ‘सत्य कुरा गर्दा किन इडिट गर्ने र ? नेपालको मधेस भौगोलिक हिसाबले सुगम भए पनि मान्छेको मानसिक हिसाबले साँच्चिकै पिछाडिएको छ । यो कुरा ध्रुब सत्य हो । अनि यो ओडिएफ भन्ने गैससलाई थाहा होला । यस्ता कुरा डलर पचाउनलाई मात्र सार्वजनिक गरिन्छ तर बास्तबिकता अर्कै हुन्छ ।’

शौचालयको विषयमा त्यत्ति खुलेर कुरा नगर्ने समाजमा यसबारेमा व्यापक छलफल तथा बहस हुनु अति प्रशंसनिय विषय हो । यसलाई शौचालयको विषयमा मानिसहरुमा व्याप्त धारणामा आएको परिवर्तन र फैलिदै गएको चेतनास्तरको उपजको रुपमा लिन सकिन्छ । सामाजिक सञ्जालमा व्यक्त गरिएको धारणाको विविधताले समाजमा ट्वाइलेटको बिषयलाई व्यापक बनाउन मद्दत पुग्ने देखिन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार