काठमाडौ : १८ औं वागमती नदी महोत्सवको तयारी पूरा भएको छ । यही भदौ ९ गते ललितपुरको कुपण्डोलमा हुने महोत्सवको तयारी पूरा भएको नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिनुभयो । नेपाल नदी संरक्षण संस्थाको आयोजनामा विगत १७ बर्षदेखि वागमती नदी महोत्सव मनाउँदै आएको छ । यसपटक नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा नेपाल नदी संरक्षण संस्था र फेण्ड्स क्लवले संयुक्त रुपमा आयोजना गर्ने भएको छ ।
वरिष्ठ वातावरण पत्रकार भैरव रिसालबाट उदघाटन हुने महोत्सवमा -याफ्टििङ्ग, फ्रेण्डसिप फ्लोट, -याफ्ट डेकोरेसन् च्यालेन्ज, विद्यालय व्यापि चित्रकला प्रतियोगिता, चित्र र फोटो प्रदर्शनी, लाईभ कन्सर्ट (मण्डः, ईयर ग्याजम, च्यापटर ७, केटाहरु, द एलिमेन्ट आदि) तथा अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन् ।
महोसत्वमा मन्त्रीहरु, संचारकर्मी, विद्यार्थी, स्थानीयहरु, अभियन्ताहरु, अधिकारकर्मी, वातावरण क्षेत्रमा कार्यरत संघसंस्थाहरु र व्यक्तित्वहरु, रिभर गाईड तथा अन्य विभिन्न व्यक्तिहरु गरी करिब ७ हजार जनाको सहभागिता रहनेछ ।
वागमती नदीलाई संरक्षण गर्नु, वागमती नदी र यसका सहायक नदीहरुको स्थितिको बारेमा जानकारी प्रदान गर्नु, वागमती नदीलाई माछा बाँच्न योग्य, पौडी खेल्न योग्य, पानी खान योग्य, तथा मृतकहरुको लागि शुद्ध जल तर्पण योग्य वनाउनु वागमती नदी महोत्सवको मुख्य उद्देश्य हो ।
यस्तै नदीलाई माया गर्ने विभिन्न व्यक्तित्व, संघसंस्थाहरु, र आम नागरिकहरुलाई सफाइ महाअभियानमा सरिक गराउने प्रयास पनि महोत्सवको अर्को उद्देश्य हो ।
‘यो महोत्सव एक साझा मञ्च हो जसमा सवैलार्र्ई नदी नजिक पु-याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरुको सरोकार राख्ने अवस्था सिर्जना गर्दछ ।’ महोत्सव आयोजक समितिद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘यो महोत्सवको निरन्तरताको रुपमा स्थानीय सहभागिताद्धारा वागमती नदी किनारमा पार्क तथा खेलकुद मैदान समेत निर्माण गर्ने गरी अगाडि बढ्न पहलकदमी लिने प्रतिवद्धता समेत जाहेर गर्दछौं ।’


1179 पटक हेरिएको 

