डढेलोबाट पाइप जोगाउन भुुवाको प्रयोग

दोलखा : दोलखामा डढेलोबाट पाइप जोगाउन भुवाको प्रयोग थालिएको छ । बर्षेनी आगोले पाइप जलेर योजना नै अवरुद्ध हुन थालेपछि दोलखामा नयाँ प्रयोग प्रविधि अपनाइनएको हो । डढेलोबाट जोगाउन पोलिथिन पाइपलाई ‘रकउल’ अर्थात् ढुंगा जस्तै भुवा, जाली र प्लेन पाताले ३ तहमा ढाकेर मोडिएको छ ।

डढेलो प्रभावित नाम्दुस्थित बेताने जंगली क्षेत्रमा यस्तो प्रविधि अपनाएको हो । सिँचाइ विकास डिभिजन कार्यालय चरिकोटले पाइपलाई रकउल, त्यसमाथि जाली र प्लेनसिटले बेरेर आगो लगाएर परीक्षण समेत गरेको छ । ।

कतिपय जंगल क्षेत्र र ठूला भीरमा पाइपबाट लैजान समस्या थियो । डढेलो लाग्ने ठाउँमा त पाइप जलेर योजना नै असफल हुने भएकाले विकल्पको रूपमा यस्तो प्रविधि अपनाएको डिभिजन प्रमुख कृष्णप्रसाद रिजालले जानकारी दिनुुभयो ।

‘बजारमै पाइने सामानलाई नौलो प्रयोग मात्र गरेका हौं’ डिभिजन प्रमुख रिजालले भन्नुुभयो ‘विभिन्न उपायको खोजी हुँदा समस्याको भरपर्दो उपाय खोज्दै ‘रकउल’ प्रविधि अपनाइएको हो । ’

वैतेश्वर गाउँपालिका–६ नाम्दूको महादेवस्थान खहरे खोला सिँचाइ योजनाका लागि बेतानेमा ४४ मिटर पोलिथिन पाइपलाई अग्नि निरोधक बनाइ सकेको उहाँले जानकारी दिनुुभयो ।

के हो ? रकउल

ढुंगालाई भट्टीमा गालेपछि सिसाजस्तो वस्तु बन्छ । यसैलाई ‘रकउल’ अर्थात् ‘ढुंगाको भुवा’ भनिएको हो । यसको प्रयोग भने देशमै पहिलो हुनसक्ने उहाँको दाबी छ । यो प्रविधि सिमेन्टभन्दा सस्तो पर्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार