काठमाडौ : सरकारले आज शनिबार बौद्ध जोरपाटी क्षेत्रबाट चार वटा खानेपानी ट्यांकरलाई नियन्त्रणमा लिएको छ । खानेपानी मन्त्रालयबाट अनुगमनमा खटिएको टोलीले स्टिकर नराख्ने ट्यांकरहरुलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौं उपत्यका खानेपानी बोर्डका ईन्जिनियर वोधराज दाहाल नेतृत्वको टोलीले नेपाल ड्रिङ्क्स प्रालि, गोकर्णेश्वर ग्रुप प्रालि, बनदेवी खानेपानी उद्योग, गंगा खानेपानी उद्योग, कृष्ण खानेपानी उद्योग, सुप्रिया ट्रेडर्स प्रालि, होलिडे टाग र धौलागिरि खानेपानी उद्योगमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा कृष्ण र गंगा खानेपानी उद्योगमा दर्ताको प्रमाणपत्र नराखेको पाइएको र ती उद्योगका सञ्चालकलाई सात दिन भित्र कागजपत्र सहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको काठमाडौं उपत्यका खानेपानी बोर्डका ईन्जिनियर दाहालले जानकारी दिनुुभयो ।
खानेपानी मन्त्रालय र त्यस मातहतका कार्यालयले शनिबार बिहान देखि काठमाडौं र ललितपुरका बिभिन्न क्षेत्रमा अनुगमन गरेको हो । मन्त्रालयले अनुगमनका लागि पाँच टोली परिचालन गरेको थियो ।


1390 पटक हेरिएको 

