सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १, नुम्बुर हिमालको फेदीमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाईमा रहेको दुधकुण्डको काखमा सार्वजनिक शौचालय निर्माण गरिएको हो ।

सोलुदुधकुण्ड नगरपालिकाको करिब ७ लाख रुपैयाँ लागतमा शौचालय निर्माण गरिएको निर्माण समितिका अध्यक्ष फु ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । हिमालको फेदीसम्म निर्माण सामग्री पु-याउनुपर्ने भएकाले लागत बढी हुने र नगरपालिकाले विनियोजन गरेको रकम अपुग भएको उहाँले बताउनुभयो ।
‘एक बोरा सिमेन्ट बजारदेखि यहाँ सम्म ल्याउन २/३ दिन लाग्छ, बनाउने मिस्त्री पनि जान नमान्ने र सामान्य ज्याला भन्दा बढी नै खोज्ने भएकाले अलि लागत बढी प-यो । तर धार्मिक काममा घाटा पर्यो भनेर मात्र भएन, आफैले लगानी गर्दा पनि धर्म नै हुने सम्झेर मेरो गोजीबाटै ५० हजार व्यहोरेको छु’ उहाँले भन्नुभयो ।

दुुधकुण्डमा हरेक बर्षको जनैपूर्णिमामा मेला लाग्छ । अरु बेलामा समेत पर्यटकहरु गइरहने हुनाले सार्वजनिक शौचालय बनाएपछि जथाभावी फोहोर नहुने अध्यक्ष शेर्पाले बताउनुभयो ।


1238 पटक हेरिएको 

