काठमाडौ : विश्व बसोबास दिवस २०१८ नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।
दिवसको अवसरमा सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले फोहोरमैला व्यवस्थापनको काममा केन्द्रित हुन स्थानीय तहलाई आग्रह गर्नुभयो ।
मन्त्री राईले फोहोरमैला व्यवस्थापन नगर्ने ठूलठूूला भवनमाथि अनुगमन गरी कार्वाहीको दायरामा ल्याउने चेतावनी दिनुुभयो । उहाँले सहरमा फोहोरको उचित व्यवस्थापनका लागि सरकारले आवश्यक कानुन निर्माणको कामलाई अघि बढाएको पनि बताउनुुभयो ।
‘हामीसँग भवन ऐन लगायत विभिन्न ऐन कानुन छन्, हामी त्यसको पूर्ण कार्यान्वयनमा जुटिरहेकमा छौं’ उहाँले भन्नुुभयो ‘फोहोर व्यवस्थापन आफैले गर्ने गरी संयन्त्र नबनाउने पाँच चारे होटेल, हाउजिङ, अस्पताल आदिलाई विभागले अनुमति पनि दिइने छैन ।’
कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले फोहोरलाई मोहोरमा रुपान्तरण हुने गरी जनतामा चेतना जगाउन आवश्यक रहेको बताउनुुभयो । उहाँले स्थानीय जनताको सहभागितामा सार्वजनिक, निजी र साझेदारीको माध्यमबाट मुलुकमा फोहोरको उचित व्यवस्थापन गर्न सकिने बताउनुुभयो ।
बढ्दो सहरीकरण, अव्यवस्थित बसोबास, फोहोर व्यवस्थापनको परम्परागत शैली आदि कारणले फोहोर व्यवस्थापनको काम चुनौतीपूर्ण बन्दै गएको छ । जसले फोहोर उत्पादन गर्छ, उसैले फोहोर व्यवस्थापन गर्ने हो भने मात्र फोहोरका कारण उत्पन्न समस्याबाट छुटकारा पाउन सकिने विश्लेषकहरु बताउँछन् ।