दिवस नआउँदै हात धुने दिवस सम्बन्धी विविध कार्यक्रम

सिन्धुपाल्चोक : विश्व हात धुने दिवसको सन्दर्भ पारी मेलम्ची आसपासका विद्यालयमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु भैरहेका छन् । सफा हात स्वस्थ रहने एक विधि शीर्षकमा केन्द्रित भएर बक्तृत्वकला, चित्रकला, कविता प्रतियोगिता तथा लोकगीत प्रतियोगिता आयोजना गरिएको छ ।

कारितास स्विटजरल्याण्ड र हेल्भेटास नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चले यसै हप्ता ११ वटा विद्यालयमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरेको हो ।

किउलको नुर्बुलिङ मनिचौर माध्यामिक विद्यालयमा भएको बक्तृत्वकला प्रतियोगितामा स्वस्तिका भण्डारी पहिलो, प्रेम बहादुर सुनार दोस्रो तथा लाक्पा डोल्मा ह्योल्मो तेस्रो भएका छन् । इचोकको नारायण आधारभुत विद्यालयमा भएको लोकगीत प्रतियोगितामा हरियो सदन पहिलो, पँहेलो सदन दोस्रो र रातो सदन तेस्रो भएका छन् ।

ग्याल्थुमको सरस्वती माध्यामिक विद्यालयमा भएको कविता प्रतियोगितामा अप्सरा गिरी पहिलो, शर्मिला गिरी दोस्रो र सिता भुजेल तेस्रो भएका छन् । महाँकालको उर्लेनी आधारभुत विद्यालयमा भएको चित्रकला प्रतियोगितामा रोहित तामाङ पहिलो, फुल बहादुर तामाङ दोस्रो र आशिष तामाङ तेस्रो भएका छन् । महाँकालकै सर्वोदय माध्यामिक विद्यालयमा भएको कविता प्रतियोगितामा मिरा तामाङ पहिलो, राम बहादुर तामाङ दोस्रो र सजिन तामाङ तेस्रो भएका छन् ।

तालामाराङको बतासे माध्यामिक विद्यालयमा भएको लोकगीत प्रतियोगितामा हरियो सदन पहिलो, निलो सदन दोस्रो र सेतो सदन तेस्रो भएका छन् । दुवाचौरको ज्योती भञ्ज्याङ आधारभुत विद्यालयमा भएको बक्तृत्वकला प्रतियोगितामा अनिषा श्रेष्ठ पहिलो, सबिना नेपाली दोस्रो तथा बिमला तामाङ तेस्रो भएका छन् । इचोकको महेन्द्र आधारभुत विद्यालयमा भएको कविता प्रतियोगितामा माया तामाङ पहिलो, शेरसाङ तामाङ दोस्रो र सुजाता तामाङ तेस्रो भएका छन् ।


ज्यामिरेको जनता माध्यामिक विद्यालयमा भएको चित्रकला प्रतियोगितामा कक्षा १ देखि ५ तर्फ मनिषा बर्देवा पहिलो, आयुषा खड्का दोस्रो र प्रकाश पौड्याल तेस्रो भएका छन् । त्यस्तै कक्षा ६ देखि ८ तर्फ ममता खड्का पहिलो, आश्विन घले दोस्रो र श्रृजन नेपाली तेस्रो तथा कक्षा ९ र १० तर्फ अरुण गिरी पहिलो, केदार गिरी दोस्रो र राधिका आचार्य तेस्रो भएका छन् ।

ज्यामिरेको गोल्मेश्वरी आधारभुत विद्यालयमा भएको बक्तृत्वकला प्रतियोगितामा मिलन तामाङ पहिलो, सुमित्रा थापा दोस्रो र रुपा तामाङ तेस्रो भएका छन् । पाल्चोकको जय बागेश्वरी माध्यामिक विद्यालयमा भएको कविता प्रतियोगितामा नविना खड्का पहिलो, मेनुका श्रेष्ठ दोस्रो र सबिन श्रेष्ठ तेस्रो भएका छन् ।

सफा हात र स्वास्थ्यका बारेमा विद्यार्थीमा भएको ज्ञानको आदान प्रदान मार्फत सचेतना प्रदान गर्ने उद्धेश्यले प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चका कार्यक्रम अधिकृत विनोद शर्माले बताउनुभयो । खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन कार्यक्रम अन्तर्गत कार्यक्षेत्रका ३७ मध्ये ११ वटा विद्यालयमा बाल क्लवसँगको समन्वय तथा सहकार्यमा प्रतियोगिता गरिएको उहाँको भनाइ छ ।

हरेक वर्ष अँग्रेजी महिना अक्टोवर १५ तारिखका दिन विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना गरी विश्व हात धुने दिवस मनाइन्छ । यस वर्ष अक्टोवर १५ मा दशैं विदा परेकोले विद्यालय विदा हुनु अगाडि नैं दिवसीय कार्यक्रमको आयोजना गरिएको मञ्चले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार