पोखरामा ट्याप टु माउथ योजना 

कास्की : पोखरा महानगरपालिकाको ट्याप टु माउथ योजना सुरु गर्ने भएको छ । फिनल्याण्ड सरकारको पौने अर्व सहयोगमा पोखरामा ट्याप टु माउथ कार्यक्रम सुरु गर्न लागेको हो ।

खानेपानीलाई शुद्धिकरण नगरी धारा बाट सीधै पिउन सकिने पानीलाई ट्याप टु माउथ नाम दिइएको हो । यसका लागि महानगरका ३३ वटै वडामा शुद्ध पिउने पानी वितरण गर्न महानगरसँगको साझेदारीमा फिनल्याण्डले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

धाराबाट सीधै पिउन मिल्ने पानी वितरण गर्न यो रकम खर्च हुने महानगरका प्रबक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो ।
‘फिनल्याण्डले संघीय सरकारसँग सम्झौता गर्ने र महानगरले सहमतिपत्र मात्रै दिने नेपालीले बताउनु भयो । उहाँका अनुसार कन्सल्ट्याण्ट पनि फिनल्याण्ड सरकारले नै खटाएको छ ।

उहाँका अनुसार यस मध्ये केही रकम अनुदानमा प्राप्त गर्नेछ भने केही सहुलियतपूर्ण ऋणमा लगानी हुनेछ । एकीकृत खानेपानी ब्यवस्थापनका लागि कन्सल्ट्याण्ट -याम्बोलले अध्ययन गरिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार