दिसाजन्य लेदो व्यवस्थापन :आवश्यकता र प्रशोधन विधि


राजेन्द्र श्रेष्ठ, कार्यक्रम निर्देशक
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)

जनसंख्या वृद्धि र अव्यवस्थित एवम् अनियन्त्रित शहरीकरणसँगै उत्पादन भएका फोहरपानी र फोहरमैलाको जथाभावी विसर्जन तथा खुल्ला दिसाको कारण शहरी, शहरोन्मुख क्षेत्रएवम् गाउँघरको वातावरण र जनस्वास्थ्य नराम्ररी प्रभावित भइरहेको छ ।

खुल्ला दिसा रजथाभावी फोहर विसर्जनको कारण विशेषतः पानीका श्रोतहरु प्रदुषित हुन गई वर्षेनीझाडापखाला, हैजा, टाइफाइड जस्ता पानीजन्य रोग फैलिने र ज्यानै समेत जाने गरेको दृष्टान्तछ । यसलाई थप जटिल बन्न नदिनको लागि सन् १९८० बाट थालिएको सरसफाइ क्रियाकलापसन् २०११ मा सरसफाइ गुरुयोजना लागु भएपछि व्यापक र तिव्र बनेको छ ।

स्वयम् नेपालसरकारकै अगुवाइमा संचालित यस अभियानको क्रममा घरघरमा चर्पी बनेको छ र बन्ने क्रमजारी छ । NMIP (National Management Information Project/DWSS) को आधारमा सन्२०१८ को जुन सम्ममा नेपालका ९७ प्रतिशतभन्दा बढी घरमा चर्पी निर्माण भईसकेको अवस्थाछ । यस बाहेक उक्त अभियानले नेपाली समाजमा सरसफाइप्रति ल्याएको चेतनाकरणलाई उत्तिकैमहत्वपूर्ण उपलव्धीको रुपमा लिन सकिन्छ । छोटो समयमा प्राप्त गरेको यो सफलताले विश्वमंचमा नेपाललाई गौरवान्वित बनाएको छ ।


यसरी निर्माण भएका चर्पीबाट संकलित दिसापिसाबलाई तह लगाउन नेपालमा मूलतः दुईप्रकारका सरसफाइ अभ्यासहरु प्रचलनमा रहेको पाइन्छ

(क) ढलसहित सरसफाइ प्रणाली

(ख) ढलरहित सरसफाइ प्रणाली

यी प्रणालीहरु अन्तर्गत उत्पादन हुने दिसापिसाबजन्य फोहर मुलतः दुईप्रकारका हुन्छन् । ढल सहितको प्रणालीमा दिसापिसाबलाई पानीले बगाएर सिधै ढलमा पठाइन्छ र फोहरपानीमा परिणत हुन्छ भने ढलरहितको प्रणालीमा दिसापिसाबलाई पानीले बगाएर विभिन्न प्रकारका दिसा संकलन खाल्डो (साधारण खाल्डो, सेप्टिक टयांकी,गोबरग्यास प्लान्ट) व्यवस्थित भण्डारण गरिन्छ र दिसाजन्य लेदोमा परिणत हुन्छ ।

फोहरपानीलाई ढल मार्फत् संकलन गरी प्रशोधन केन्द्रसम्म लगिन्छ भने दिसाजन्य लेदोलाई नियमित रुपमारित्याएर गाडी मार्फत् प्रशोधन केन्द्रसम्म लगिन्छ । नेपालका ग्रामिण क्षेत्र एवम् अधिकांश सानाशहरी तथा शहर उन्मुख क्षेत्रमा ढलरहितको सरसफाइ प्रणाली प्रचलनमा रहेको पाइन्छ भनेठूला केही शहरहरुमा ढल सहितको सरसफाइ प्रणाली अपनाउने गरिएको छ ।

केन्द्रीय तथ्यांकब्यूराको राष्ट्रिय प्रतिवेदन – २०१२ अनुसार नेपालमा केबल ८.३ प्रतिशत घरधुरीको चर्पी मात्रैढलसहितको सरसफाइ प्रणालीमा जोडिएको छ । बाँकी ९१.७ प्रतिशत मध्ये अधिकांश घरधुरीकोचर्पी ढलरहितको सरसफाइ प्रणालीमा जोडिएको छ भने चर्पी निर्माण गर्न बाँकी घरधुरीले अझैपनि खुल्ला दिसा गर्ने गरेको तथ्यांक छ ।

यसमा पनि शहरी क्षेत्रमा ढलमा जोडिएको चर्पीसंख्या ३०.२ प्रतिशत रहेको छ भने ग्रामीण क्षेत्रमा यो संख्या ३ प्रतिशत मात्रै रहेको देखिन्छ ।एन्फोले गरेको एक प्रारम्भिक अध्ययनले ढलमार्फत् संकलित फोहरपानी मध्ये केबल ७ प्रतिशत मात्र प्रशोधन पश्चात् विसर्जन गर्ने गरिएको छ भने ९३ प्रतिशत बिना प्रशोधन सिधै खोलामाछोड्ने गरिएको पाइन्छ ।

यसबाहेक गाडी मार्फत् संकलित दिसाजन्य लेदोलाई बिना प्रशोधनसिधै बनजंगल, खेत वा खोलामा फाल्ने गरिएको छ । यसरी विद्यमान् अवस्थामा सरसफाइकोलागि अपनाइएका दुबै खाले प्रणालीले अन्ततः पानीको श्रोतलाई नै प्रदूषण गरी वातावरण र जनस्वास्थ्यमा नकारात्मक असर पु-याइरहेको अवस्था छ अर्थात् स्वरुपमा भिन्न देखिएपनि,विधिमा अन्तर भएपनि खुल्ला दिसा गर्ने, ढल सहितको प्रणालीबाट फोहरपानी तह लगाउने रढलरहितको सरसफाइ प्रणालीबाट दिसाजन्य लेदो तह लगाउने प्रचलित अभ्यासबीच कुनै तात्विक भिन्नता देखिंदैन ।

यसबाट सरसफाइ गुरुयोजनाले उद्देश्य प्राप्तीको लागि फोहरपानीर दिसाजन्य लेदोलाई उचित व्यवस्थापन गरिएन भने वातावरण र जनस्वास्थ्यको स्थितिमा सुधार आउने भन्दा पनि समस्या थप जटिल बन्ने देखिन्छ ।

तसर्थ खुल्ला दिसामुक्त अभियानएवम् पूर्ण सरसफाइ अभियानलाई सार्थक निष्कर्षमा पु¥याउनको लागि सरसफाइको अभ्यासलाईचर्पी निर्माणमा मात्र सिमित नराखी उत्पादन हुने सबै प्रकारका फोहरलाई प्रशोधन गर्नु उत्तिकैअपरिहार्य र महत्वपूर्ण हुन्छ ।

वातावरण सफा र सुरक्षित राख्नकै लागि सकिनसकि कुनैसहयोग बिना आफैंले चर्पी निर्माण गरेर जनताले आफ्नो जिम्मेवारी पूरा गरेको छ भने लाखौंघरमा निर्माण भएका ती चर्पी मार्फत् संकलित फोहरपानी र दिसाजन्य लेदोलाई अविलम्ब उचितव्यवस्थापन गर्ने जिम्मेवारी अब सरकारको काँधमा आएको छ ।

दिसाजन्य लेदो व्यवस्थापन भनेको के हो ?


अहिले प्रायशः दिसाजन्य लेदो व्यवस्थापन भन्नाले यसको प्रशोधन गर्ने अर्थमा मात्रै बुझ्ने गरिएको पाइन्छ । तर प्रशोधन त यसको एक चरण मात्रै हो ।

वास्तवमा दिसाजन्य लेदो व्यवस्थापन भन्नाले दिसापिसाबको व्यवस्थित संकलनदेखि यसको सुरक्षित विसर्जन सम्मको समग्र क्रियाकलापलाई बुझाउँदछ । यस अन्तर्गतका पाँच मुख्य चरणहरु यस प्रकारका छन् । संकलन, भण्डारण,रित्याउने र ढुवानी, प्रशोधन तथा पुनप्रयोग र सुरक्षित विसर्जन

यी पाँच चरणमध्ये खुल्ला दिसा मुक्त अभियानको क्रममा दिसापिसाब संकलन र भण्डारणकोचरण पूरा भइसकेको छ भने नीजि क्षेत्रले व्यवसायको रुपमा रित्याउने र ढुवानी गर्ने सेवा (चरण) पनि संचालन भइरहेको छ ।

कतिपय नगरपालिका स्वयम्ले यो सुबिधा प्रदान गर्दैआइरहेको पनि छ । यसरी दिसाजन्य लेदो व्यवस्थापनका तीन चरणहरु पूरा भइसकेको अवस्थाछ भने अत्यन्त महत्वपूर्ण एवम् चुनौतीपूर्ण दुई चरणहरु प्रशोधन र सुरक्षित विसर्जनको लागि पर्याप्त कार्य हुन सकिरहेको अवस्था छैन ।

यसलाई सहज र अनिवार्य गर्नको लागि नीति निर्माणगर्ने कार्यको थालनी भइसकेको छ । जसअन्तर्गत मानव मलमुत्रीय फोहर व्यवस्थापनका लागि संस्थागत र नियामक खाका तयार भएर प्रचारप्रसार भइरहेको छ ।

नेपालमा दिसाजन्य लेदो व्यवस्थापनको प्रारम्भ


नेपालका पहिलो प्रयासको रुपमा सन् १९९८ मा काठमाडौंको टेकुस्थित महानगरपालिकाको फोहर संकलन केन्द्रमा दिसाजन्य लेदो प्रशोधनशाला थियो । वातावरण र जनस्वास्थ्य संस्थाको प्राविधिक सहयोग र पहलमा निर्माण भएको उक्त प्रशोधनशाला केहि समय संचालन भएर बन्दभयो भने सन् २००३ मा पोखरामा बनेको अर्को प्रशोधनशाला समेत विविध कारणवशः संचालनमाआउन सकेन ।

त्यसपछि लामो समय यो क्षेत्रमा शुन्यता छाएको देखिन्छ । यद्यपी केहि वर्षअघिमात्र पोखराको उक्त प्रशोधनशाला संचालनमा आएको छ । सन् २०१६ बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा अर्को प्रशोधनशाला निर्माण भई संचालनमा रहेको छ ।

यसैक्रममा सन् २०१६ तिरै लुभुमा बायोग्यास सहितको अर्को दिसाजन्य लेदो प्रशोधन केन्द्रको निर्माण भई संचालनमा आयो ।

हालै मात्र नेपाल सरकारको तर्फबाट पनि पूर्वी नेपालमा प्रशोधन केन्द्रनिर्माणको लागि कार्य थालेको छ भने थुप्रै नगरपालिकाहरुले प्रशोधनशाला निर्माणको लागि पहल गरिरहेको छ । यसरी झण्डै २० वर्ष अघि प्रारम्भ भएको दिसाजन्य लेदो प्रशोधन कार्यपछिल्लो चरणमा आएर सबैको प्राथमिकतामा परेको छ ।

दिसाजन्य लेदो प्रशोधन प्रविधि


नेपालको सन्दर्भमा दिसाजन्य लेदो प्रशोधनको लागि ३ प्रकारका प्रविधिहरु उपयुक्त देखिन्छन् ।ती हुन् – साधारण प्रशोधन विधि, होल्डिङ ट्यांक सहितको प्रशोधन विधि र बायोग्यास डाइजेस्टर सहितको प्रशोधन विधि ।

नेपालमा बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा संचालनमा रहेकोदिसाजन्य लेदो प्रशोधनशाला साधारण प्रशोधन विधि हो भने पोखरामा बनेको प्रशोधनशाला होल्डिङ्ग ट्यांक सहितको विधि हो ।

त्यसैगरी ललितपुर जिल्ला स्थित लुभुमा बनेको प्रशोधनशाला बायोग्यास सहितको विधि हो । यी मध्ये कुन प्रकारको प्रशोधनशाला छनौट गर्ने भन्ने निर्णय मूलतःप्रशोधन पश्चात श्रोतको पुनःप्रयोगको आवश्यकता वा प्राथमिकता, स्थानीय तापक्रम आदिको आधारमा गरिन्छ ।


साधारण प्रशोधनशालामा दिसाजन्य लेदोलाई स्क्रिनिङ्ग गरेर सिधै स्लज ड्राइङ बेडमा खन्याइन्छ । यसमा दिसाजन्य लेदोमा भएको पानी र ठोसलाई छुट्याउने गरिन्छ ।

यसबाट रसाएर आएको पानीलाई आवश्यकता अनुसार एनरोबिक ब्याफल रियाक्टर, एनरोबिक फिल्टर, कृतिम सिमसार प्रविधि र पोलिसिङ्ग पोखरी मार्फत प्रशोधन गरी सुरक्षित विसर्जन गरिन्छ ।

होल्डिङ्ग ट्यांक सहितको प्रशोधनशालामा दिसाजन्य लेदोलाई होल्डिङ्ग ट्यांकमा संकलन गरिन्छ र केहि मात्र पानीलाई निथारेर बाक्लो लेदोलाई स्लज ड्राइङ्ग बेडमा पठाइन्छ भने यसपछि साधारण प्रशोधनशालामा झै विभिन्न प्रशोधन प्रविधिहरुको प्रयोग गरी सुरक्षित विसर्जन गरिन्छ ।

बायोग्यास सहितको प्रशोधनशालामा दिसाजन्य लेदोलाई सर्वप्रथम होल्डिङ्ग ट्यांक मार्फत्पानीलाई निथारेर बाक्लो लेदोलाई बायोग्यास रियाक्टरमा पठाई बायोग्यास उत्पादन गरिन्छ ।


यहाँबाट निस्कने लेदोलाई स्लज ड्राइङ्ग बेडमा पठाइन्छ र यसपछि साधारण प्रशोधनशालामा झैविभिन्न प्रशोधन प्रविधिहरुको प्रयोग गरी सुरक्षित विसर्जन गरिन्छ ।

यसरी दिसाजन्य लेदो व्यवस्थापन अहिले पूर्ण सरसफाइ प्राप्तीको लागि एउटा अपरिहार्य अवस्था भएको छ र यसको व्यापक प्रवद्र्धन र सफल कार्यान्वयनको लागि सरकारी, गैरसरकारी, नीजिक्षेत्रको साथै अन्तराष्ट्रिय सहयोगी संस्थाहरु बीच बलियो साझेदारी र सहकार्यको आवश्यकता पर्दछ ।

साथसाथै प्रचारप्रसार, क्षमता अभिवृद्धि, सरकारका सबै तहमा नीति तथारणनीति निर्माण तथा प्रभावकारी कार्यान्वयनले दिसाजन्य लेदो व्यवस्थापन सहज हुनेछ भनेदिसाजन्य लेदो व्यवस्थापन कार्यको नियमित अनुगमन पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

यसबाहेक दिसाजन्य लेदो प्रशोधन तथा व्यवस्थापनलाई नेपालको अवस्था र व्यवस्था सुहाउँदोबनाउनको लागि थप अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ । यसरी समग्र क्षेत्रबीचको समन्वय,सहभागिता र सहयोगमा नेपालको शहरहरुको वातावरणीय अवस्थामा अपेक्षित सुधार ल्याई“सफा र सुन्दर शहर” भन्ने अवधारणालाई मूर्तरुप दिन सकिन्छ ।

एन्फोद्वारा प्रकाशित अन्जुली नामक पत्रिकाबाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार