तपाईलाई पानी क्लोरिनेशन गर्ने विधि, तरिका र ध्यान दिनुपर्ने कुराहरु थाहा छ ?

काठमाडौ : पानीमा क्लोरिन नामक रसायन मिलाई शुद्धिकरण गर्ने प्रक्रियालाई क्लोरिनेशन भनिन्छ । यसले पानीमा पाइने सुक्ष्म जीवाणु नष्ट गर्न मद्दत गर्दछ । क्लोरिनेशनको लागि बजारमा पियूष, वाटरगार्ड जस्ता क्लोरिनको झोल पाइन्छ ।

क्लोरिनको झोल बनाउने विधि

 प्लाष्टिकको मगमा ४० ग्राम (अन्दाजी ५ चिया चम्चा) ब्लिचिङ पाउडर लिने र अलिकित पानी हालेर लेदो बनाउने ।

 यसरी बनिसकेको लेदोमा १ लिटर पानी थपी राम्ररी चलाउने ।

 यसरी बनाइसकेको ब्लिचिङ पाउडरको घोललाई नचलाइकन पाँच मिनेट सम्म थिग्राउने ।

 थिग्रिएको भागलाई नहल्लाइकन माथिल्लो सफा घोललाई मात्र कुनै एउटा रंगीन प्लाष्टिकको भाँडामा खन्याई बिर्को लगाउने ।

 

क्लोरिनेशन गर्ने विधि

 ३ थोपा पियूषले १ लिटर पानीलाई शुद्ध बनाउन सकिन्छ ।

 १ चिया गिलास (१०० मि.लि.) क्लोरिनको झोलले १००० लिटर पानीलाई शुद्ध बनाउन सकिन्छ ।

 एक लिटर क्लोरिनको झोलले १०,००० लिटर पानीलाई शुद्ध बनाउन सकिन्छ ।

 क्लोरिनको झोल पानीमा राखेको ३० मिनेटपछि मात्र प्रयोग गर्नुपर्छ ।

 

क्लोरिनेशन गर्दा ध्यान दिनुपर्ने कुराहरु

 क्लोरिन राखेको भाँडा सधैं बिर्को बन्द गरी अँध्यारो ठाउँमा राख्नुपर्छ ।

 ब्लिचिङ पाउडरलाई घाम नलाग्ने सुख्खा ठाउँमा हावा नपस्ने गरी राख्नुपर्छ ।

 क्लोरिन झोल प्रयोग गर्नुभन्दा अगाडि ट्याङ्कीमा पानीको आयतन नाप्नुपर्छ ।

 यदि पानीको ट्याङ्की फोहोर छ भने क्लोरिन झोल हाल्नु भन्दा पहिले सफा गर्नुपर्छ ।

 क्लोरिन झोल बनाउने सामग्रीहरु सधैं प्लाष्टिक वा काठको हुनुपर्छ ।

 ब्लिचिङ पाउडर र क्लोरिन झोललाई ात, खुट्टा, जीउ र लुगामा पर्न दिनुहुँदैन ।

 ट्याङ्कीमा क्लोरिन झोल राख्दा बाल्टिनमा आवश्यक क्लोरिनलाई पानी राखी राम्रो सँग घोलेर मात्र खन्याउनुपर्छ ।

 ट्याङ्कीमा क्लोरिन झोल हालेपछि सफा काठ वा प्लाष्टिकको लठ्ठीले चलाउनुपर्छ ।

 

वातावरण र जनस्वास्थ्य संस्थाले तयार पारेको सुचना, शैक्षिक तथा सञ्चार सामग्रीबाट ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार