
कालिकोट : ग्रामीण भेगमा घरबाट निस्कने फोहोरलाई आफैले ब्यवस्थापन गर्ने उद्देश्यले खेलको माध्यमबाट फोहोर ब्यवस्थापन सम्बन्धी सचेतना जगाउन थालिएको छ । कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाको टोल टोलमा स्वास्थ्य आमा समूह, बिद्यालयका वालवालिका र समुदाय स्तरमा खेल खेलाउदै सरसफाइ अभियान सञ्चालन गर्न थालिएको हो ।
वडाका विभिन्न टोलमा सञ्चालन हुने गतिविधिहरुमा खेलका माध्यम मार्फत सिकाउँदा सिकाई दिगो हुने र बानी व्यहोरा परिवर्तनको लागि सजिलो हुने वडा अध्यक्ष बृषलाल आचार्यले बताउनुभयो ।
फोहोर ब्यवस्थापन खेलमा घरबाट निस्किने विभिन्न ३९ प्रकारका फोहोरहरुलाइ गल्ने फोहोर, नगल्ने तर पुनः प्रयोगमा आउने फोहोर, नगल्ने तर पुन प्रयोगमा नआउने गरी तीन प्रकृतिको फोहोरलाइ अलग अलग गरी ब्यवस्थापन गर्न सिकाउन सहजिकरण गरिन्छ ।
नेपाल रेडक्रस सोसाइटीको सहजिकरण सहयोग तथा पचालझरना गाँउपालिकाको आयोजनामा सरसफाइ सम्बन्धी गतिविधि सञ्चालन हुँदै आएका छन्।



1153 पटक हेरिएको 

