मेलम्ची टुक्र्याएर ठेक्का लगाइने

काठमाडौ : सरकारले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम टुक्र्याएर ठेक्का लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले मेलम्चीको काम विशेष परिस्थितिअनुरूपको कानुनी आधारमा टेकेर अघि बढाउने निर्णय गरेको हो ।

खरिद ऐन बमोजिम १० लाख रुपैयाँ भन्दा बढी रकमको खरिद गरेको भएमा त्यस्तो निकायले त्यसरी खरिद भएको विवरणको सार्वजनिक सूचना प्रकाशन गर्नुपर्छ । सोही जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पठाउनुपर्ने व्यवस्था छ ।

आयोजना जिम्मा सञ्चालक समितिलाई दिइने निर्णय भएको छ । इटालियन कम्पनी भागेपछि मेलम्ची आयोजनाको काम रोकिएको थियो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्को पछिल्लो बैठकले आयोजनाको काम अघि बढाउने निर्णय गरेकोे जानकारी दिन्भयो । यसरी काम गर्दा आर्थिक अनुशासन कायमै रहने उहाँले बताउनुभयो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

खानेपानी मन्त्रालयका प्रवक्ता बास्कोटाले सार्वजनिक खरिद नियमावलीको १४५ अनुसार कामको प्रकृतिअनुसार विभिन्न प्याकेज बनाएर ठेक्का लगाइने बताउनुभयो । उहाँले खरिद नियमावलीमा विशेष परिस्थितिमा खरिद गर्नेसम्बन्धी व्यवस्था रहेको बताउनुभयो ।

खरिद ऐन बमोजिम १० लाख रुपैयाँ भन्दा बढी रकमको खरिद गरेको भएमा त्यस्तो निकायले त्यसरी खरिद भएको विवरणको सार्वजनिक सूचना प्रकाशन गर्नुपर्छ । सोही जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पठाउनुपर्ने व्यवस्था छ ।

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा नै एक वर्षभित्रमा मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने घोषणा गरेको छ । मेलम्ची खानेपानी विकास समितिले आयोजनासँग बाँकी थप १० वटा ठेक्का प्याकेज बनाएर टुंग्याउने गरी प्रस्ताव गरेको थियो । खानेपानीमन्त्री बिना मगरले त्यसमा असहमति जनाएर सो प्रस्ताव मन्त्रिपरिषद्मा लैजानु भएको थिएन ।

सरकारले सोझै वार्ताद्वारा एउटा मात्रै व्यवसायीसँग दरभाउ पत्र मागेर दिन सकिने गरी मन्त्रिपरिषद्ले नै बाटो खोलिदिएको छ । अब मेलम्चीमा सीएमसीबाट भुक्तानी नपाएर बसेका स्थानीय ठेकेदारलाई नै सोझै ठेक्का दिन सकिनेछ । काम छाडेर भागेको सीएमसीले स्थानीय ठेकेदार र आपूर्तिकर्तालाई करिब १ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सीएमसी भागेपछि स्थानीय ठेकेदार एक भएर मन्त्री बिना मगरलाई इटालियन कम्पनीलाई नै फिर्ता ल्याउन अनुरोध गरेका थिए । सीएमसीको बाँकी कामका करिब २ अर्ब ५२ करोड खर्च हुने अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार